ईट्टा बनाउनको लागि बनाएको पोखरीमा पौडी खेल्ने क्रममा मजदुरको मुत्यु



पुष्कर बुढाथोकी,भक्तपुर ।

भक्तपुरमा पोखरीमा पौडी खेल्ने क्रममा डुवेर एक जनाको मृंत्यु भएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालस्थित चारपाटे वि.एम. ईट्टाभट्टामा ईट्टा बनाउनको लागि बनाएको पोखरीमा पौडी खेल्ने क्रममा एक मजदुरको मृंत्यु भएको हो ।

 

मृत्यु हुनेमा उदयपुर त्रियुगा नगरपालिका वडा नं. ४ आँपटार घर भई हाल सोहंी भट्टामा काम गर्ने बर्ष ३० को मुकेश राई रहेको प्रहरीले जनाएको छ ।

 

पौडी खेल्ने क्रममा राई बेपत्ता भएको भन्ने जानकारी प्राप्त हुनसाथ महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी निरीक्षक राज कुमार थापाको कमाण्डमा गएको प्रहरी टोलीले स्काभेटर लगाएर पोखरीको पानी कम गराएको थियो ।

 

पानी कम भएपछि प्रहरीले राईको शव फेला पारेको जनाइएको छ । शव पोष्टएमार्टमका लागि भक्तपुर अस्पताल दुधपाटी पठाई घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्