प्राविधिकलाई सहयोग गर्न अभियान



हास्यव्यंग्य अभिनेता दीपकराज गिरीले लकडाउनका कारण दैनिक गुजारा चलाउने समस्यासँग गुज्रिरहेका प्राविधिकहरुलाई सहयोग गर्न सबै सिनेकर्मीलाई आह्वान गरेका छन्।

 

‘हामीलाई सुटिङको समयमा भोक लाग्दा खाना खुवाउने, गर्मी हुँदा छाता ओढाउने, राम्रो देखाउन गह्रौं लाइट उचाल्ने प्राविधिकहरूका लागि यो कठिन समय हो। अतः सबै मिलेर केही सहयोग गरौं। हाम्रा तर्फबाट रू १ लाख १० हजार दिँदै छौं। चलचित्र क्षेत्रका इच्छुक साथीहरूले पनि इनबक्स गर्न सक्नुहुनेछ।

 

आउनुस् एकमुष्ट सहयोग गरौं’ गिरीले फेसबुकमा स्ट्याटस लेख्दै आह्वान गरेका छन्। उनको आह्वानअनुसार नायिका वर्षा राउतले प्राविधिकहरुलाई ५० हजार रुपियाँ सहयोग गर्ने भएकी छिन्।

 

त्यसै गरी स्वस्तिमा खड्का, रमेश उप्रेती, अनुराग मान सिँह कुँवर, नीता ढुंगाना, गौरव पहारी, अनुप भट्टराई, लक्ष्मण सुवेदी, केकी अधिकारी, ऋचा शर्मा, साकार पन्तलगायतले सहयोगका लागि हात बढाएको गिरीले जनाएका छन्।

यसैबीच सिनेमा हलले आप्ना मजदूरहरूलाई तलबी बिदा दिएको छ।

प्रतिक्रिया दिनुहोस्