भारतबाट आएका हजार जना आफ्नै घरमा



दैलेख । 

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन यहाँक ११ वटै पालिकाले अपनाएको उच्च सतर्कतामा चुनौती थपिएको छ । भारतलगायत विदेशका अन्य मुलुकबाट गृह जिल्ला दैलेख प्रवेश गर्नेको सङ्खख््या एक हजार सय ५६ पुगेपछि सतर्कतामा चुनौती बढेको हो ।

भारतका विभिन्न स्थानहरूबाट गृह जिल्ला दैलेख आएकामध्ये २३६ जनालाई मात्र क्वारेन्टाइनमा राखिएको छ । एक हजार २१३ जना आआफ्नै घरमा बसेका छन् । घरमा बसेका उहाँहरूलाई सतर्कता अपनाउन भनिएको छ ।

चारपालिकामा रु करोड ५५लाखको राहतकोष

जिल्लाका चार स्थानीय तहले रु एक करोड ५० लाखको राहत कोषको स्थापना गरेका छन् । कोरोनाको संक्रमणबाट बच्न स्थापना गरिने क्वारेन्टाइन, राहत वितरण र उपचारलगायतमा खर्च गर्नका लागि राहत कोषको स्थापना गरिएको हो ।

महाबु गाउँपालिका दैलेखले कोरोनाविरुद्धको रु ५० लाखको राहत कोषको स्थापना गरेको छ । राहत कोषमा जम्मा भएको रकमले पालिकाभित्र क्वारेन्टाइन निर्माण, औषधि र स्वास्थ्यकर्मीलाई चाहिने स्वास्थ्य सामग्री खरिद गरिने गाउँपालिका अध्यक्ष जंगबहादुर शाहीले बताउनुभयो ।

जिल्लाको पश्चिममा पर्ने चामुण्डाबिन्द्रासैनी नगरपालिकाले पनि कोरोना भाइरसविरुद्ध रु ५० लाखको कोषको स्थापना गरेको छ । नारायण नगरपालिकाले भने रु ३० लाखको राहतकोष निर्माण गरी क्वारेन्टाइन निर्माण र राहत वितरण गर्ने कार्य शुरु गरेको छ । नारायण नगरपालिकाले आजदेखि ९५४ दैनिक मजदूरी गर्ने श्रमिकको सूची तयार पारेर राहत वितरण शुरु गरिसकेको नगर प्रमुख रत्नबहादुर खड्काले जानकारी दिनुभयो ।

डुंगेुश्वर गाउँपालिकाले कोरोनाविरुद्ध लड्न रु २५ लाखको राहत कोष स्थापना गर्ने भएको छ । कोषमा जम्मा भएको रकम पालिकामा औषधि खरिद गर्न, शंकास्पद बिरामी फेला परेमाा सुर्खेतसम्म पठाउन तथा क्वारेन्टाइन निर्माणमा खर्च गरिने गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर मल्लले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्