लकडाउन थप कडा गर्ने मन्त्री परिषद्को निर्णय



मधुसूदन रायमाझी,काठमाडौं ।

सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि हाल लगाइरहेको लकडाउन थप कडा बनाउने निर्णय गरेको छ ।कोरोना भाइरस समुदायमा फैलन थालेको निस्कर्षसहित सरकारलाई लकडाउन कडा पार्ने निर्णय गरेको हो ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले संक्रमण नयाँ चरणमा प्रवेश गरेको निस्कर्षसहित लकडाउन कडा पार्ने निर्णय गरेको सञ्चारमन्त्री डा। युवराज खतिवडाले जानकारी दिनुभयो ।

उहाँअनुसार स्थानीय स्तरमा कोरोना देखिएका बागलुङ, कैलाली र कञ्चनपुरमा बाहिरबाट आएका र उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको स्वास्थ्य परीक्षण तीव्र बनाउने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।

हालसम्मको लकडाउन सफल भएको निस्कर्ष पनि सरकारको छ । ११ गते पहिलोपटक लगाइएको लकडाउन १८ चैतपछि दोश्रोपटक थप भएको थियो । उक्त अवधि २५ चैतमा सकिँदैछ । लकडाउन थप्ने विषयमा सरकारले पुनः निर्णय गर्ने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्