आइसोलेशनमा रहेका किशोरको रिपोर्ट नेगेटिभ



दयाराम पण्डित,बाजुरा।

विश्वभरी फैलिएको कोरोना भाइरस कोभिड-१९ को आशंकामा जिल्ला अस्पताल बाजुराको आईसोलेसनमा भर्ना गरिएका एक जना बिरामीको स्वाब परिक्षण रिर्पोट नेगेटिभ आएको छ । १६ वर्षे किशोरको स्वाब परिक्षणका लागि चार दिन पहिले प्रादेशिक अस्पताल धनगढी पठाएको र धनगढीमा स्वाब परिक्षण ढिलो भएपछि काठमाण्डौ पठाइएको थियो ।

शुक्रराज ट्रोपिकल तथा सरुवारोग अस्पताल टेकुमा उनको स्वाब परिक्षण गराउादा नेगेटिभ आएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाकटर रुपचन्द्र विश्वकर्माले बताउनुभएको छ । बुधबार स्वाब परिक्षणको लागि बाजुराबाट पठाएका थियौ चार दिन पछि रिर्पोट नेगेटिभ आएको डाकटर विकले बताउनुभयो ।

मंगलवार देखि कोरोना भाइरस (कोभिड १९) को सामान्य लक्षण देखिए पछि १६ वर्षे एक जना किशोरलाई जिल्ला अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको थियो ।ज्वरो एक सय डिग्री भन्दा माथि तापक्रम र सुख्खा खोकी पनि देखिएकोले आइसोलेसनमा भर्ना गरेको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर बिश्वकर्माले बताउनुभएको थियो ।
रिर्पो नेगेटिभ छ आईसोलेसनबाट डिस्र्चाज गरि वार्डमा शप्टि गरि अन्य चेकजाच गरेर घर पठाउने बिश्वकर्माले बताए ।

आइसोलेशनमा रहेका किशोर एक हप्ता अघि भारतवाट आएर गौमुल गाउँपालिकाले स्थापना गरेको कृर्तिचौर माबि स्थित क्वारेनटाइनमा राखिएका थिए । अत्यधिक ज्वरो आएपछि क्वारेन्टाइमबाट जिल्ला अस्पताल बाजुरामा ल्याइएको थियो । कोरनाको आशंकमा आइसोलेसनमा राखिएका बिरामीको रिर्पोट रिपोर्ट नेगेटिभ आएको गौमुल गाउँपालिकका अध्यक्ष हरिवहादुर रोकायले वताउनुभयो ।

सामाजिक सञ्जालमा ति किशोको स्वाब परिक्षण नेगेटिभ भएको थाह पाएपछि बाजुरावासी हर्षित देखिन्छन् । यद्येपी बाजुरामा दशहजार भनदा वढि मानिस भारतवाट आएकाछन् । त्यसैगरी देशका विभिननभागवाट आएका छन् ।तर हाल सम्म ९२ जना मात्र क्वारेन्टाइनमा राखिएका छन् ।

बाहिरवाट आएर सिधै गाउँपसेका मानिसको तथ्यांक संकलन गरिरहेको बढिमालिका नगरपािलकका प्रमुख पदम बडुवालले वताउनुभएको छ । त्यसै जिल्लाका प्रत्यक पालिकमा क्वारेनटायनको ब्यस्था गरी आबस्यक खोजी कार्य भैरहेको जिल्ला प्रहरीकार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरिक्षक दानवहादुर रोकायाले वताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्