रोनाल्डो आम्दानीमा कीर्तिमान बनाउँदै



लन्डन, (एजेन्सी) ।

फुटबल मैदानमा क्रिस्टियानो रोनाल्डोले कयौं कीर्तिमान आफ्नो नाम गरेका छन् । गोलको मामिलामा कीर्तिमान बनाएका रोनाल्डोले आम्दानीमा पनि नयाँ कीर्तिमान बनाउन गइरहेका छन् । इटालियन सिरी ए क्लब युभेन्टस्का यी स्ट्राइकरले यसै साल अरबपति खेलाडीको सूचीमा आफ्नो नाम दर्ता गराउन सक्नेछन्। फोब्र्सको अनुसार उनी १ अर्ब डलर आम्दानी गर्ने पहिलो फुटबलर बन्ने तयारीमा छन् ।

अहिलेसम्म दुई खेलाडी मात्रै अर्बपति रहेका छन्, जसमा अमेरिकी गल्फर टाइगर वुड्स २००९ मा पहिलो अर्बपति खेलाडी बनेका थिए । त्यस्तै सन् २०१७ मा अमेरिकाका व्यवसायिक बक्सर फ्लायड मेवेदरले अर्बौ कमाइ गरेका थिए । हाल रोनाल्डोको कुल आम्दानी ८ सय मिलियन डलर छ ।

रोनाल्डाले गएको वर्ष १ सय ९ मिलियन डलर आम्दानी गरेका थिए । उनी सर्वाधिक कमाउ गर्ने सूचीमा दोस्रो धनाध्य खेलाडी बनेका थिए । उनले सन् २०१८ मा युभेन्टससँग ३ सय ४० मिलियन डलरमा सम्झौता गरेका थिए । त्यस्तै उनले नाइकीसँग ८ सय ४ मिलियन पाउन्डको आजीवन सम्झौता समेत गरेका छन् ।

कोरोनाको कारण हाल आफ्नै देश पोर्चुगलमा बसिरहेका रोनाल्डोले वार्षिक १ सय ६ मिलियन डलर कमाउने गर्छन् । उनको महिनामा करिब ८.८ मिलियन डलर आम्दानी हुन्छ । रोनाल्डोलाई यस वर्ष ४५.५ मिलियन डलरको वार्षिक चेक दिइनेछ । यो लियोनल मेसी र नेयमारलाई छाड्ने हो भने विश्वका सबै फुटबलरको भन्दा बढी हो ।

रोनाल्डोले नाइकीसँग १ अर्ब डलरमा आजीवन सम्झौता गरेका छन् । उनी यति रकममा नाइकीसँग सम्झौता गर्ने तेस्रो सेलेब्रेटी हुन् । यसअघि पप गायक माइकल ज्याकसन र बास्केटबल खेलाडी लेब्रोन जेम्सले त्यति नै रकममा नाइकीसँग सम्झौता गरेका थिए। इन्डोर्समेन्टतर्फले उनले इलेक्ट्रोनिक आर्टस्, डाज्न, हर्बालाइफ, एमटीजी, इजिप्टिसियन स्टील रहेको फोब्र्सले जनाएको छ । ।

प्रतिक्रिया दिनुहोस्