मानिसको हाल बुझ्न जनावरहरु शहरतिर (फोटोफिचर)



लक्षमण अधिकारी

कोविड १९ को महामारीका कारण सम्पूर्ण विश्व त्रसित बनेर लकडाउन गरेर घर, क्वारेन्टाइन र अस्पतालमा कोचिएर बसिरहेको अवस्थामा जंगली जीवजन्तु भने स्वतन्त्र रुपमा शहर पसेर विचरण गरिरहेका छन् ।

आफ्ने परम्परागत खुला जंगल मानव अतिक्रमणमा परेर खुम्चिएर बस्नु पर्दाको उकुसमुकुस र पीडा तोड्दै जंगली जनावरहरु लकडाउनको मौका पाउनासाथ शहरका खाली सडकतिर पसिरहेका छन् । सधै मानिसहरुबाट जोखिम मोलिरहेका जनावरहरु मानिस जंगलछेउ आएको नदेखेर उनीहरुको हाल बुझ्न शहरितर पसेको जस्तो भान हुन्छ ।

मोटरबोट र मानिसहरुके भीडभाड हुने इटलीके भेनिस शहरको एउटा पोखरीमा नस्फिक्री विचरण गर्दै हाँस
चिलीको सान्टियागोको बस्तिमा जंगलबाट निस्कएको बाघ प्रजातीको यो जनावरले स्थानीयके घरमा क्षतीसमेत पुर्याएको छ
दुवइको अवासिय क्षेत्रमा सुन्दर प्वाँख भएको मयुर
जापानको नारा शहरको सुनसान सडकमा जंगली मृग
लण्डनको सडकमा फ्याउरो
पेरिसको सडकमा स्वतन्त्र क्याटवाक गर्दै हाँसहरु
श्रीलंकाके ट्रीङकोमाली जंगली मृग
युकेको हारोल्ड हिलको सडक छेउमा चर्दै मृगहरु
युके नर्थवेल्सको एउटा शहरको सडकमा जंगली बाख्राहरु

श्रोत : एपी/एएफपी आदि ।

प्रतिक्रिया दिनुहोस्