महामारीमा महिलाको अवस्था



वीणा झा ।

यो आलेख तयार पारुन्जेलसम्मको तथ्यांक हेर्दा विश्वभरि कोरोना भाइरस (कोभिड–१९) ले संक्रमितका संख्या ५२४,०१० पुगेको छ भने त्यस मध्ये १२३,३२२ जना निको भै सकेका र २३,६७० जनाको मृत्यु भैसकेको देखिन्छ ।

एक्टिभ केशको कुरा गर्ने हो भने अहिले संक्रमित अवस्था मै रहेका ३७७,०१८ मध्ये ९५ प्रतिशत (३५७,५८८)को अवस्था सामान्य रहेको देखिन्छ भने १९,४३० अर्थात् ५ प्रतिशतमा कोरोना संक्रमितको अवस्था गम्भिर छ । त्यस्तै १४६,९९२जनाको तथ्यांक क्लोज्ड केशको रुपमा देखिन्छ । यस भित्रको सुक्ष्मता केलाउदा १२३,३२२जना अर्थात् ८४ प्रतिशत पूर्णतः निको भएर घर फर्की सकेको अवस्था रहेको छ भने १६ प्रतिशत अर्थात् २३,६७० जनाको मृत्यु भैसकेको देखिन्छ । यी त भए अहिले सम्मको प्राप्त विश्वको कोरोना संक्रमण बाट प्रभावित तथ्यांक । यी उपलब्ध तथ्यांकलाई गहिरिएर नियाल्दा प्राय मृत्यु हुनेमा ८० बर्ष भन्दामाथिका प्रतिशत अत्यधिक रहेको भेटिन्छ भने ९ बर्ष मुनिका यो कोरोना संक्रमणले मृत्यु भएको देखिदैन । १० बर्ष देखि ३९ बर्षको सम्ममा ०.२प्रतिशत मृत्युको तथ्यांक देखिन्छ भने ४० देखि ५० बर्ष सम्मकाको मृत्यु दरको प्रतिशत हेर्दा ०.४ प्रतिशत रहेको छ । त्यस माथिका उमेर संग संगैमृत्यु दरको प्रतिशत पनि बढ्दै गएको भेटिन्छ ।

नेपालको सन्दर्भमा हेर्दा हालसम्म ७५० जनामा कोरोना संक्रमणको जाँच गर्दाअहिले सम्म ३ जना संक्रमित भेटिएकोमा एक जना निको भै फर्की सकेको र अहिले २ जना स्वास्थ्य सेवा निगरानीमा छन । एक जना महिला र एक जना पुरुष दुवै ४० बर्ष मुनिका छन । यसरी संक्रमित संख्याको आधारमा हेर्दा खासै आत्तिनु पर्ने जस्तो देखिन्न तर बास्तवमा यो महामारीको फैलिने चरित्र हेर्ने हो भने यदी यसको फैलिने चैनलाई शुरुमै तोड्न सकिएन भने यसले काबु बाहिरको डरलाग्दो परिस्थिति ल्याउन सक्ने पछिल्लो उदाह्र्णइटलीको विषम परिस्थितिबाट सिक्न सकिन्छ जबकी चीनको बुहानबाट शुरु भएको यो महामारी माथिअहिले चीनले प्रभावकारी किसिमलेलकडाउन लागू गरी काबू पाई सकेको जनाएको छ । जस बाट विश्वले सिकेको कुरा यो महामारी संग लड्न सक्ने अत्यधिक महत्वपूर्ण हतियार भनेको संक्रमित क्षेत्रमा प्रभावकारी लकडाउन नै हो । त्यसैले नेपाल पनि हाललाई चैत्र ११ देखि १८ गते सम्म१ हप्ताको लकडाउनमा छ भने छिमेकी मुलुक भारतमा ३ साताको लकडाउन चल्दै छ ।

अहिले सम्ममा विश्वका १९८ वटा देश कोरोना भाइरस कोभिड– १९ ले प्रभावित भै सकेको अवस्था छ जसमध्ये यो महामारीले ज्यान गुमाउनेमा सब भन्दा बढीको संख्यामाइटली ८,१६५ रहेको छ अझै ३,६१२ जनाको अवस्था गम्भिर रहेकोले मृत्यु हुनेको संख्या बढ्ने सम्भावना देखाउछ । जबकी चीनमा मृत्यु हुनेको संख्या ३,२८७गत साता देखि स्थिर रहेको देखिन्छ । यसले सकारात्मक संकेतको रुपमा लिन सकिन्छ । भारतको अवस्था हेर्ने हो भने अहिले सम्म ७१९ संक्रमित मध्ये ४५ जना निको भै फर्की सकेका र १६ जनाको मृत्यु भएको देखिन्छ ।

उपलब्ध तथ्यांक केलाउने हो भने यो संक्रमणले मर्नेको संख्या महिला भन्दा पुरुषको बढी देखिन्छ । पुरुषको मृत्यु दर २.८ प्रतिशत छ भने महिलाको १.७प्रतिशत रहेको छ । महिला र पुरुष बिच कोमृत्यु दरमा देखिएको फरकको सम्भावित कारण चीनको हकमा धुम्रपानलाई लिएको छ । त्यहाँ पुरुषले महिलाको तुलनामा अधिक धुम्रपान गर्ने हुँदा तिनमा श्वाशप्रश्वास समस्या अधिक हुने गरेकोले गर्दा यो आँकडा देखियो भनि विश्लेषण गरिएको भेटिन्छ ।

कुनै पनि महामारीको प्रभावशारीरिक मात्रै होइन आर्थिक, सामाजिक, राजनीतिक रमानसिक पनि पर्ने गर्छ । बलियो आत्म(बल भएका संग रोग प्रतिरोधात्मक क्षमता पनि बढ्ने हुँदा संक्रमित भैहाले पनि निको हुने सम्भावना बढी हुन्छ भने आत्मविश्वास कम हुँदाको अवस्थामा बढी हतोत्साहित हुने अवस्थाको सिर्जना हुन्सक्छ भनि मनो चिकित्सकहरु बताउछन । यसको प्रत्यक्ष प्रभावरोगको संक्रमण र नियन्त्रणमा पनि पर्ने गर्छ । कोरोना भाइरसको संक्रमणको लक्षणलाई विश्लेषण गर्दा मुख्यत एक बाट अर्कोमा तिब्र गतिमा सर्ने गर्छ त्यसैले यसबाट बच्ने सब भन्दा प्रभावकारी उपाय भनेको यो भाइरसको फैलिने चैन तोड्नु नै हो । अब नेपालको सन्दर्भमा कुरा गर्ने हो भने सौभाग्यले अहिले सम्मकुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन । यो संक्रमण फैलिन नपाओस भन्ने उदेश्यले नेपाल अहिले लकडाउनमा राखिएको छ । सबै शैक्षिक र अन्य संस्थाहरुबन्द गरिएकोलेप्राय सबै कार्यालयहरुले सम्भव भए सम्म घरबाट काम गर्ने परिपाटी शुरु गरेको देखिन्छ जसले गर्दा घरका सदस्यहरु घर भित्र बसेका छन । पितृसत्तात्मक संरचनामा रहेको नेपाली समाज जहाँ अघोषित रुपमा घरायसी कार्य महिलाको जिम्मामा पारिएको हुन्छ अहिले सबै जना २४ घण्टा संगै घरमा हुँदा महिलाको कार्यबोझ बढेको कुरा अनौपचारिक छलफल र सामाजिक संजालहरुमा गरिएका पोष्टहरुबाट झल्किन्छ ।

कोरोनाको कहर अहिलेको अवस्थामा महिलाका दैनिकीमा असन्तुलित कार्य्विभाजनको रुपमा परेको देखिन्छ । कतिपय महिलाहरुले व्यक्तिगत अनुभूति सुनाउदै बिहान देखि बेलुका सम्म भान्छामा बिभिन्न परिकार पकाऊदै र खुवाउदै थकित भएको भनि सुनाउछन भने कतिले दिनभर फोन बार्तालाप सुन्दा सुन्दा आजित भएको बताउछन । त्यस्तै अर्का थरिको अनुभूति एकछिन पनि आफ्नो लागी व्यक्तिगत समय नै नभएको भन्छन ।

बास्तवमा नेपालीको जीवनमा कोरोनाको असर अरु कुन कुन रुपमा पर्न सक्छ भनि सोच्ने हो भने पहिलो सम्भावना यो भाइरसको संक्रमणको पहिलो शिकार पुरुष हुन सक्छन किनकी यहाँ पनि धुम्रपान बिशेष गरी चुरोट खानेमा पुरुषको बाहुल्यता छ जसले गर्दा श्वासप्रस्वास प्रभावित हुन्छ । दोश्रो, यो महामारीको चपेटामा पर्ने अत्यधिक संख्या मुटु रोगीको देखिन्छ । यसले पनि नेपाली समाजमा पुरुषलाई बढी संक्रमण हुन् सक्ने सम्भावना देखाउछ । तर यो महामारीमा संक्रमितले थाहै नपाउने गरी छिटो छिटो आफ्नो संपर्कमा आउनेलाई सार्ने हुँदा यहाँ निर महिला संक्रमित हुने सम्भावना अत्यधिक रहन्छ किनकी प्राय सेवा स्याहार गर्ने कार्यमा महिला नै देखिन्छन । त्यस्तै आर्थिक पक्षलाई आधार बनाई विश्लेषण गर्ने हो भने यसलेबढी प्रभावित हुन् सक्ने खतरा महिलालाई हुन् सक्छ । बिश्व यो महामारीबाट निस्कुन्जेल सम्म बजारको आर्थिक अवस्था चर्मराउने निश्चित छ जसले गर्दा अवसरहरुका संख्यामा कमी हुन्छ, तत्काल नयाँ अवसरहरुको सिर्जना हुने सम्भावना न्यून रहन्छ अनिभएका अवसरहरुमा पुरुष प्रधानता कायम रहन्छ जसले गर्दा महिलाको आर्थिक पर निर्भरता बढ्नुको साथै यसले कार्यक्षमता घटाउने सम्भावना अधिक रहन्छ । अर्को तर्फ अहिले सम्मको बिश्व आँकडाले दिएको तस्विर अनुसार मृत्यु हुनेको संख्यामा महिला भन्दा पुरुष बढी रहेको देखिन्छ । यदी यो महामारीको प्रभाव नेपालमा पर्न बाट रोक्न सकिएन भने यसको परिणाम पनि अन्य मुलुक भन्दा खासै पृथक नहोला जसले गर्दात्यसको नकारात्मक प्रभावको प्रकोप महिलाका जीवनमा अधिक पर्ने सम्भावना बढ्न सक्ने संकेत गर्छ ।

त्यसो भए के गर्न सकिन्छ त भनेर सोच्ने हो भने सर्व प्रथम त शुरुवात परिवारबाट नै गर्न सकिन्छ तिनका सशक्तीकरणलाईबढाएर । अहिले सबै जना घर मै बस्ने हुँदा घरका महिला सदश्यहरुमाकमी रहेको कतिपय प्राविधिक ज्ञानहरु सिकाउने वाताबरण सिर्जना गर्न सकिन्छ । त्यस्तै राज्यले पनि यो महामारी नियन्त्रण गर्ने देखि यसका दुरगामी नकारात्मक प्रभावहरुलाई निस्तेज पार्न बनाउने योजना र कार्यक्रमहरु महिला मैत्री बनाउन जरुरी हुन्छ । यस्ता कार्यक्रमहरुबनाउदा महिला भित्र पनि तिनका जात, धर्म, क्षेत्र, शैक्षिक स्तर र आर्थिक अवस्थाकाका आधारमा सिर्जित बिभिन्न तहहरुलाई बिशेष ध्यानमा राखीनु पर्छ अन्यथा पहिला देखि नै श्रोतसाधनमा पहुँच भएकाहरु कै बाहुल्यता रहन सक्छ र लक्षित समुह लाभान्वित हुन् सक्दैनन् ।

जति सुकै जुन रुपमा ब्याख्या गरिए पनि मूल कुरा भनेको महिला सशक्तीकरण संग नै जोडिन्छ । जसरी शरीरमा रोग नलागोस् र लागे पनि छिट्टै आफैं निको हुनलाई शरीरभित्रको रोग प्रतिरोधात्मक क्षमता बढाउनजरुरी हुन्छ,त्यसै गरी नैयस्ता महामारीहरुको महिलाको जीवनमा पर्न सक्ने सम्भावित नकारात्मकप्रभावहरुलाई न्यून गर्नको लागि समाजको इम्युनिटी पावर बढाउनुपर्छ, जसको लागि स्वस्थ समाजको निर्माण गरिनुपर्छ। जहाँ कुनै पनि किसिमको असमानता स्वीकार्य हुदैन र समाजिक सुरक्षाको अनुभूति त्यहाँ बस्ने हरेकले गर्न पाउछ ।

त्यसै गरीबिश्व ब्यापी रुपमा फैलिएको यो कोरोनाको महामारीले अर्को ज्यादै नकारात्मक रुपमा छोड्न सक्ने प्रभाव भनेको समाजमा बिभिन्न किसिमको अपराधको वृद्धि हुनसक्छ । बिभिन्न अध्ययनहरुले देखाऊछ कि कुनै पनि समाजमा अपराध बढ्दा त्यसबाट अत्यधिक पिडित हुनेमा समाजका कमजोर बर्ग नै हुन् जसमा महिला पनि हो । त्यस्तै नेपालको सन्दर्भमा हेर्दा न्यायिक सङ्गठनहरुको संरचना र कार्यशैलीका कारण न्यायको खोजीमा भौतारिनेमा बढी संख्या महिला कै देखिन्छ ।

त्यसैले अबको पाटो सरकारले सम्बेदनशिलताका साथ यो महामारी सके पछीको परिदृश्य कल्पना गर्दै अहिले नै सम्भावित योजनाहरुको खाका कोर्न शुरु गर्नु पर्छ जसको बिभिन्न बिषयहरु मध्ये महिला माथि पर्न सक्ने कोरोनाको कहरलाईकेन्द्रमा राखिनु पर्छ जसले गर्दा समाजका संरचनाहरुलाईलैंगिक सम्बेदनशिल बनाउदैअत्यधिक संख्यामा समाजमा सशक्त महिलाहरु देखिन सकुन र समाजिक रुपान्तरणमा अहम भूमिका खेल्न सकून् ।

(लेखक झा समाजशास्त्री हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्