कोरोना संक्रमण रोकथाममा रसियाद्वारा अत्याधुनिक क्यामेराको प्रयोग



मस्को,(एजेन्सी) ।

कोरोना भाइरसको सन्त्रासपूर्ण महामारी रोकथाम तथा नियन्त्रणको उद्देश्यले अहिले रसियाका थुप्रै शहरहरुमा लकडाउन लागु गरिएको छ । यसै क्रममा राजधानी मस्कोवासीहरु कहाँ छन् भन्ने पत्तालगाउन अत्याधुनिक प्रविधिको प्रयोग गरिएको छ ।

सरकारी अधिकारीहरुले लाखौं क्यमेराको विशाल संजालको प्रयोग गरिरहेका छन् । मानिसहरुका अनुहार चिन्ने सफ्टवेयर जडित सो संजाललाई डिजिटल प्रविधिको माध्यमबाट मानिसहरुको मोवाइलमा जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस्