लकडाउन अनुगमनमा रोवोट



ट्युनिस,एजेन्सी ।

मानिसहरुले कोरोना भाइरस लक डाउनलाई राम्ररी पालना गरिरहेका छन् कि छैनन् भन्ने निगरानी राख्न ट्युनिसियाको राजधानी ट्युनिसमा गश्ती लगाउन एउटा प्रहरी रोवोट प्रयोग गरिएको छ । यदि कोहि सुनसान बाटोमा हिंडिँरेहेको पाइएमा यो रोवोटले घर बाहिर आउनुको कारण सोध्ने गर्दछ ।

ति व्यक्तिहरुले आफुले बोकेका आवश्यक कागजात र परिचय पत्र रोवोटको क्यामरालाई देखाउने छन् । अनि कन्ट्रोल रुममा बसिरहेका अधिकारीहरुले ति कागजात परिक्षण गर्दछन् । ट्युनिसियामा राष्ट्रव्यापी लकडाउन दोश्रो सातामा चलिरहेको छ ।

कोभिड–१९ संक्रमणको कारण चौंध जनाको ज्यान गइसकेको छ । सबैलाई घर भित्रै बस्न आब्हान गरिएको छ । तर औषधि र अन्य अत्यावश्यक दैनिक उपभोग्य सामान खरिद गर्ने छुट दिइएको छ । अहिले टुयुनिसियामा ४ सय ३६ जनाको उपचार चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्