मास्क लुटिएको गुनासो



वर्लिन,एजेन्सी।

संयुक्त राज्य अमेरिकालाई जर्मनी तर्फ लगिंदै गरेका २ लाख वटा मास्क आफ्नो प्रयोजनका लागि लिएको अभियोग लागेको छ । यस कार्यलाई ‘ आधुनिक डकैती ’ को संज्ञा दिइएको छ । जर्मनीको वर्लिनस्थित स्थानिय सरकारले अमेरिकामा निर्मित ति मास्क थाइल्यान्डको राजधानी बैककमा जफत गरिएको जनाएको छ ।

वर्लिनको प्रहरी बलले अर्डर गरेको सा एफएफपि२ मास्क गन्तव्यमा नपुगेको जनाइएको छ । वर्लिनका गृह मन्त्री एन्ड्रिस गेइसलले ति मास्क अमेरिका तर्फ डाइभर्ट गरिएको दावी गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको कोरियाली युद्ध कालिन कानुन अनुसार सो मास्क निर्माण गर्ने अमेरिकी कम्पनी ३ एमसंग अन्य मुलुकमा मेडिकल उत्पादन निर्यात गर्ने अधिकार छैन ।

प्रतिक्रिया दिनुहोस्