पेरिसस्थित विश्वकै सबैभन्दा ठुलो खाद्य बजारमा मुर्दाघर बन्दै



पेरिस (एजेन्सी)।

कोरोना भाइरसको प्रकोप निर्मम बनिरहेको घटनाका साक्षी फ्रान्सको राजधानी पेरिसको एक बजार बन्न गइरहेको छ । विश्वका सबैभन्दा ठुलो खाद्य बजारको हिस्सालाई मुर्दाघरमा परिणत गरिने छ । तर बजारमा माछा, मासु र तरकारी पनि बिक्री जारी रहने छ ।

पेरिसको दक्षिण स्थित रजिस इन्टरनेसनलमा १ हजार कफिनका लागि रफ्रिजेरेटेड हल तयार गर्दै छ ।मृत्यु हुनेको संख्या बढिरहेकोले त्यसको ब्यवस्थापनका लागि धेरै ठाउँ आवश्यक भइरहेकोले यसतो गर्न अत्यन्त आवश्यक भइसकेको डेली मेल अखबारले जनाएको छ । यहाँ शुक्रबार देखि कफिन आउने र सोमबार देखि परिवार र मित्र श्रद्धान्जली दिन आउन सक्ने बताइएको छ ।

फ्रान्समा पेरिसमा सबै धेरै असर परेको र आगामी हप्तामा स्थिति खराब हुने आसंका रहेको पेरिसका प्रहरीले बताए । प्रमुख बजारमा अलग अस्थायी मुर्दाघर बनाउने उनले स्पष्ट गरे । यहाँ ल्याइने कफिनलाई बजारबाट चिहान वा फ्रान्स बाहिर लगिनेछ । यो बजारमा १५ हजार कामदार काम गर्छ र ५ सय ७५ एकड क्षेत्रमा फैलिएको छ ।

यहाँको खाने सामान बिक्री जारी रहनेछ ।कोरोना भाइरसका कारण फ्रान्समा मर्नेको आंकडा ५ हजार ३ सय ८७ पुगेको छ । फ्रान्सका प्रधानमन्त्री एडवर्ड फिलिपले अप्रिल १५ भन्दा पर पनि लकडाउन जारी रहन सक्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्