बेलायती प्रधानमन्त्री जोनसन कोरोनाको लक्षण देखिन नछाडेसम्म आइसोलेसनमै बस्ने



लन्डन (एजेन्सी) ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफुलाई राम्रो महसुस भइरेको तर जबसम्म कोरोनाको लक्षण देखिन छोड्दैन, आइसोलेसनमै बस्ने जानकारी दिए ।उनले देशवासीहरुलाई लकडाउनको पुर्ण पालन गर्न पनि अपिल गरे, किनभने आफु घरमै बसरे कयांै जिन्दगी बचाइरहेको उनले बताए । जोनसनमा कोविड १९ पोजिटिव देखिएको हो र एक हप्ता देखि डाउनिंग स्ट्र्टिमा घरबाटै काम गरिरहेका छन् ।

उनले ट्विटरमा भिडियो मेसेज जारी गर्दै आफनो स्वास्थ्य स्थितिको जानकारी दिएको हो । जोनसनले भने ( मरो केसमा मैले आफुलाई राम्रै महसुस गरिरहेको छु र सात दिन आइसोलेसनमा बसिसकेको छु, तर मलाई अझै हल्का लक्षण देखिरहेको छ । ज्वरो छ । सरकारको सझाव अनुसार म आफनो सेल्फ आइसोलेसन जारी राख्नेछु, जब सम्म लक्षण पुर्ण रुपमा समाप्त हुँदैन ।

नसनले मार्च २३ मा तीन हप्ताका लागि लकडाउन घोषणा गरेको थियो । उनले हालै जारी गरेको सन्देशमा देशवासिहरुलाई सप्ताहन्तमा मौसम जतिसुकै राम्रो भएपनि बाहिर नजान आग्रह गरे । जनतालाई घरैमा बसेर कयौंको जिन्दगी बचाइरहेको उनले बताए ।
दिशानिर्देको पालना गर्न आग्रह गर्दै देशले ठुलो प्रयास गरेको, ठुलो बलिदान दिएको र भाइरस रोक्नमा राम्रो काम गरिरहेको उल्लेख गर्दै यसमा सहयोग गर्न जनतालाई उनले आह्वान गरे ।

जोनसन र स्वास्थ्य मन्त्री म्याट हेनकक ती ३४ हजार पिडितमा पर्छन् जसलाई बेलायतमा कोरोनाले आफनो चपेटामा लिएको छ । बेलायतमा अहिलेसम्म करिब ३ हजारको यस संक्रमणबाट मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्