विमल विष्ट,डोटी ।
विश्वमा महामारीको रुपमा फैलिइ रहेको कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण तथा रोकथाम गर्नकालागि जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नं ४ को वडाअध्यक्ष सहितको टोली अहिले स्थानीयको घर घरमा पुग्न थालेको छ ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन चनचेतना सहित उक्त टोली सावुन, माक्स र साना पानी राख्ने ड्राम सहित घर–घरमा पुग्न थालेको छ । टोलीले हरेक घरमा माक्स र सावुन वितरण गर्नुका साथै वडाका १३ वटा टोलमा हातधुन सावुन र पानी राख्ने भाडा बितरण गर्न थालेको वडाअध्यक्ष वीरेन्द्र शाहले जानकारी दिनुभयो ।
उहाँका अनुसार सामग्री बितरण संगै कोरोना भाइरस, सर्ने प्रक्रिया, लक्षण र बच्ने उपायका बारेमा समेत वडाबासिलाई जानकारी दिन थालिएको छ । गाउँमा भएका स्थानीयहरुलाइ दिपायल सिलगढी नगरपालिकाले आफै उत्पादन गरेका मास्क बितरण गरिन थालिएको हो । त्यस्तै उक्त टोलीले वडावासिलाई अत्यन्तै जरुरी काम बाहेक घर बाहिर ननिस्किन र भिडभाड नगर्न समेत आग्रह गरेको छ ।











प्रतिक्रिया