भारतस्थित एसियाकै सबैभन्दा ठूलो सुकुम्बासी बस्तीमा कोरोना संक्रमण



न्युज अफ नेपाल, काठमाडौं ।

भारतको फिल्मनगरि मुम्बईस्थित धारवीमा रहेको एसियाकै सबैभन्दा ठूलो सुकुम्बासी बस्तीमा कोरोना संक्रमण भेटिएको छ । धारावीका एक जना व्यक्तिको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

बुधबार बेलुका स्थानीय अस्पताल भर्ना भएका ती व्यक्तिको बिहीबार बिहान मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सो सुकुम्वासी बस्तीमा १० लाख भन्दा बढी मानिस बसोबास गर्ने गरेका छन् । मृत्यु भएका उक्त व्यक्तिको घर सिल गर्नुका साथै उनका परिवारलार्य सरकारी अधिकारीले क्वारेन्टाइनमा राखेका छन् ।

दस लाख मानिस बसोवास गर्नै सो ठाउँमा कोरोना फैलिएपछि नियन्त्रण्न गर्न असम्भव रहेको बताउदै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । कोरोना संक्रमणबाट भारतमा अहिलेसम्म ८६ जनाको मृत्यु भइसकेको छ भने ३ हजार ८२ जना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्