नेपालमा थप ३ कोरोना संक्रमित भेटिएको पुष्टि, संक्रमितको संख्या ९ पुग्यो



न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा एकैसाथ तीनजनामा कोरोना संक्रमण देखिएको छ । कैलाली र कन्चनपुरमा थप तीनजनामा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भारतबाट फर्किएका २१ वर्षीय युवक, भारतको उत्तराखण्डबाट कञ्चनपुर फर्किएका ४१ वर्षीय पुरुष र यसअघि कैलालीमा कोरोना संक्रमण देखिएका ३४ वर्षीय पुरुषका आफन्त ३४ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्