१३ इन्डोनेसियन नागरिक ललितपुर आइपुगे, छानबिन गर्दै प्रहरी



न्युज अफ नेपाल, ललितपुर ।

१३ जना इन्डोनेसियन नागरिक सप्तरीबाट काठमाडौं बालाजु हुँदै ललितपुरमा कसरी आए भनेर प्रहरीले अनुसन्धान थालेको छ ।

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको बेला ती नागरिकहरुलाई सप्तरीबाट काठमाडौं आईपुगेको विषयमा प्रहरीले अनुसन्धान थालेको छ । यस विषयमा प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डे, महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख टेकप्रसाद राईबीच छलफल भएको थियो ।

यसैबीच गोदावरी रिसोर्टमा राखिएका १३ जना इन्डोनेसियन नागरिकलाई बिहीबार राति प्रहरीले फर्काएको छ । महानगरीय प्रहरी परिसरका अनुसार ती नागरिकहरुलाई सुरक्षित स्थानमा लगिएको छ । यद्यपि प्रहरीले त्यो सुरक्षित स्थान कहाँ भनेर खुलाउन चाहेनन् । स्थानीयको विरोध पछि उनीहरुलाई त्यहाँबाट फर्काइएको थियो ।

यस अघि ती नागरिक सप्तरीबाट काठमाडौं, बालाजु हुँदै इमाडोलमा ल्याइएको थियो । कारोना भाईरसको संक्रमणबाट देशमा लकडाउन कायम भएको भेला ती नागरिक इमाडोलमा ल्याइएपछि स्थानीयले विरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्