राखेपको चासो



काठमाडौं, (नेस)।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले खेलाडी, प्रशिक्षकसहित कर्मचारी तथा संघसंस्थाका पदाधिकारीको अवस्थाबारे चासो राखेको छ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोराना भाइरस कोभिड–१९ संक्रमणबाट बच्न सरकारद्वारा गरिएको लकडाउनमा उनीहरु के कस्तो अवस्थामा रहेको भन्दै चासो लिएको हो ।

परिषद्का प्रशासन बिभागका प्रमुख कुलबहादुर थापाले लकडाउन भएको ११औं दिनमा आफ्ना मतहतका संघसंस्था तथा सम्पूर्ण कर्मचारी तथा परिवारजनको हालको अवस्था के कस्तो छ ?

वुझि विवरण पेश गर्न तथा कुनै कठिनाई परेको खण्डमा सहयोग गर्नु, परिषद्बाट केही गर्नुपरेमा यथासिध्र जानकारी गराउन सबैका लागि अपिल गरेका छन् ।
परिषद्ले लकडाउनको अवस्थामा धैर्य, संमियमित भई संभव भई आफ्ना भौतिक पूर्वाधारमा वन्ने आइसोलेसन कक्षमा पुर्णरुपले सहयोग गर्नुहुन सबैमा अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्