बेल्जियम लिग सकिएको घोषणा



लन्डन, (एजेन्सी)।

कोरोना भाइरसको कारण रद्द भएको युरोपियन फुटबल लिगमध्ये बेल्जियम प्रो लिगले च्याम्पियन टोलीको घोषणा गरेको छ । कोरोनाको मारमा युरोपमा कुनै पनि फुटबल सुचारु हुने स्थिति नदेखेपछि बेल्जियमले लिग समाप्तिको घोषणा गरेको हो ।

कोरोनाको कारण लिग बीचैमा समाप्ति गर्ने बेल्जियम पहिलो युरोपियन लिग समेत बनेको छ । बेल्जियम लिगमा क्लब ब्रज्स च्याम्पियन बनेको छ । क्लब ब्रज्स लिगको अंकतालिकामा शीर्ष स्थानमा रहेको छ । टोली दोस्रो स्थानको जेन्ट भन्दा १५ अंकले अघि रहेको छ ।

बेल्जियम लिगले जनाएअनुसार अप्रिल १५ मा रेलिगेसन र प्रोमोसनको घोषणा हुने जनाएको छ । लिगले बिहीबार निकालेको वक्तव्यमा उल्लेख गरेको थियो–डाइरेक्टर्सको बोर्डले यो निर्णय लिइरहँदा मनासिब देखिएको थिएन । तर जुन दृश्य हाम्रो सामु छ त्यस हिसाबले हेर्दा ३० जुनपछि खेल हुन सक्ने अवस्था छैन ।

प्रतिक्रिया दिनुहोस्