आर्थिक वृद्धिको लक्ष्यमा धक्का



डीबी बुढाथोकी, काठमाडौं ।

कोरान भाइरसका कारण उत्पन्न स्थितिका कारण पूर्व लक्षित आर्थिक बृद्धिमा ठूलो धक्का पुग्ने अर्थबिद् तथा उद्योगी व्यवसायीले बताएका छन् ।

अर्थबिद् डा. डिल्लीराज खनालले नेपाल समाचारपत्रसंग गर्दै कोरनाको संक्रमण र लक डाउनका कारण मुलुकको औद्योगिक उत्पादन, माग, क्रयशक्ति, बचत आदि क्षेत्रमा बहुआयमिक असर पर्ने, आर्थिक गतिबिधि सुस्ताउने र अर्थतन्त्रमा ठूलो हलचल आउन सक्ने बताउनभयो ।

उहाँले भन्नुभयो– ‘कोरनाको संकेत देखिँदा मात्र राजस्व घटिसकेको छ । पर्यटन क्षेत्र ठम्प भइसकेको छ । उद्योगधन्दा बन्द अवस्थामा छन् ।’, वैदेशिक रोजगारी गुम्दैै गएको छ । जसवाट बिप्रेषण आप्रवाह प्रभाबित हुँदै छ । आन्तरिक उत्पादन घट्नु, विप्रेषण, राजस्व ओरालो लागेको अवस्थामा चालू आर्थिक वषमा ४–५ प्रतिशतभन्दा बढी आर्थिक बृद्धि हुन्छ भन्ने मलाई लाग्दैन ।’

नेपाल राष्ट्र बैंकले पनि चालु आ।व।को लक्षित आर्थिक बृद्धि हासिल हुन नसक्ने संकेत दिएको छ । नेपाल राष्ट्र बैंकका प्रबक्ता डा. गुणकरण भट्टले औद्योगिक क्षेत्रको उत्पादन क्षमता घटेको, पर्यटन ठप्प भएको छ, थोक र खुद्रा व्यापार घटेको हुँदा लक्षित आर्थिक बृद्धिको लागि दबाब हुने बताउनुभयो ।

औद्योगिक उत्पादन ठप्प रहेको र कोरनाको प्रभाव कहिलेसम्म रहन्छ भन्ने एकीन गर्न नसकिने अवस्था रहेकाले त्यसको प्रत्यक्ष्य असर मुलुकको आर्थिक बृद्धिमा पर्ने नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्य शेखर गोल्छाले बताउनुभयो । गोल्छाले भन्नुभयो–‘ ‘उद्योगधन्दामा कच्चा पदार्थको अभाव हुन थालिसक्यो, उत्पादन र निर्यातमा प्रभाब देखिन थालेको छ । कामदारलाई तलब दिनुपर्ने अबस्था छ । आर्थिक गतिबिधिमा मन्दीआउनु भनेको आर्थिक बृद्धि प्रभाबित हुनु हो ।’

पर्यटन क्षेत्र ठप्प रहेकाले त्यसको असर चालु बर्षको लक्षित आर्थिक बृद्धिमा पर्ने होटल एशोसिएसन नेपालका अध्यक्ष सिर्जना राणाको पनि धारणा छ । राणाले मुलुकको कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको ३.४३ प्रतिशत योगदान छ । एक जना पर्यटक भित्रिदा १२ जनाको लागि रोजगारी सिर्जना हुन्छ । अहिलेको अवस्थामा पर्यटन क्षेत्रका १२ लाखको रोजगारी संकटमा रहेको बताउनुभयो । चालू आर्थिक वर्षमा करिब ६ प्रतिशतको आर्थिक वृद्धि हुने संशोधित अनुमान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्