क्रिकेटका गणितज्ञ लुइसको निधन



NORTHAMPTON – MARCH 25: Frank Duckworth (left) and Tony Lewis the inventors of the Duckworth-Lewis method on March 25, 2003 at the County Ground in Northampton, England. (Photo by Dave Rogers/Getty Images)

लन्डन, (एजेन्सी)

क्रिकेट खेलमा डकवर्थ–लुइस नियम दिएका गणितज्ञ टोनी लुइसको निधन भएको छ । उनी ७८ वर्षका थिए । उनले साथी गणितज्ञ फ्रेन्क डकवर्थसँग मिलेर मौसमको कारण खेल हुन नसकेपछि डकवर्थ–लुइस सूत्र बनाएका थिए । सन् १९९२ मा बनेको उक्त सूत्र १९९९ विश्वकप क्रिकेटदेखि लागू गरिएको थियो ।

 

इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले बुधबार जनायो–टोनी र फ्रन्कको योगदान कसैले बिर्सन सक्दैनन् । टोनी र फ्रन्कको सूत्रलाई लिएर प्रायजसो आलोचना हुने गर्छ । अस्टे«लियाका एक गणितज्ञ स्टीभन स्टर्नले यही सूत्रलाई रिभाइज गरेका थिए । यसपछि २०१४ देखि डकवर्थ–लुइस–स्टर्न नियम पनि भन्न थालिएको छ ।

 

सन् १९९२ को विश्वकपमा इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच सेमिफाइनल खेलपछि उक्त सूत्र लागू गर्ने लक्ष्य लिइएको थियो । यो खेलमा लक्ष्य पछ्याइरहेको दक्षिण अफ्रिका टोलीले जितका लागि १३ बलमा २२ रन बनाउनुथियो ।

 

तर वर्षा भएपछि खेल रोकियो र पछि शुरु हुँदा डकवर्थ–लुइस नियमअनुसार १ बलमा २१ रन बनाउने लक्ष्य निर्धारित गरिएको थियो । यो लक्ष्य देखेर दक्षिण अफ्रिकी टोली निराश भएको थियो । यो खेल इंग्ल्यान्डले १९ रनले जितेको थियो । यसपछि आईसीसीले डकवर्थ–लुइस प्रणालीमा विचार गरेको थियो ।

 

क्रिकेटमा डकवर्थ–लुइसको नियम आउनु अघि आईसीसीले टोलीको रन औसत हेर्ने गथ्र्यो । वर्षाले खेल हुन नसकेपछि कुन टोलीले बढी औसतले रन बनाउँछ त्यही टोलीलाई विजयी घोषित गरिन्थ्यो ।

 

यो पुरानो नियममा विकेट पतन भएको आधारलाई मान्यता दिँदैनथ्यो । तर डकवर्थ–लुइसमा वर्षा बाधक खेलसम्मको ओभरमा दुवै टोलीको रन औसत र विकेट पतनलाई ध्यानमा राखेर नतिजा निकाल्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्