घर–घरमा पुगेर विपन्नलाई राहत



नेपाल समाचारपत्र, भक्तपुर ।

 

सूर्यविनायक नगरपालिका दधिकोट–४ बस्ने समाजसेवी रुपक न्यौपानेले आफ्नो अगुवाइमा लकडाउनको समयमा दैनिक कमाइ गरी खानुपर्ने समस्या भइरहेका ५० भन्दा बढी घरपरिवारलाई खाद्यान्न दिएर सहयोग गर्नुभएको छ ।

नेपाली कांग्रेसका युवा नेतासमेत रहेका न्यौपानेले नेपाली कांग्रेसको अगुवाइमा दैनिक ज्याला मजदुरी गरी खाने ४५ घर परिवारलाई राहत प्रदान गरिएको बताउनुभयो ।

 

सुनसरी स्थायी घर भई दधिकोट बस्दै आएका स्थानीयलाई विभिन्न सहयोगी हातहरुको सहयोगमा राहत वितरण गरिएको न्यौपानेको भनाइ छ ।उहाँले आफ्नो अभियानमा साथ दिने सहयोगी हातहरुप्रति हार्दिक नमन पनि गर्नुभएको छ। प्रतिपरिवार चामल ,दाल,नुन,चिनी, तेल निःशुल्क सहयोग गरेका हुन् । समाज सेवाका लागि यदि निस्वार्थ भावले गर्ने चाहाना छ भने कुनै कठिन परिस्थितिले पनि छेक्दैन भन्ने उहाँको भनाइ छ ।

 

दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने अति विपन्न र असहाय परिवारलाई राहत होस् भन्ने मनसायले आफूले सकेको सहयोग थालेको उहाँले बताउनुभयो । आफूले सकेसम्म यो सहयोगलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।

 

यसअघि पनि आफूले अप्ठ्यारामा पर्दै आएका व्यक्ति र परिवारलाई सहयोग गर्दै आएको उहाँले बताउनुभयो । आफूलाई यो अभियानमा बल दिने विशेष सहयोगी भाउजू दिपा र शान्ति तथा दीपक कार्की, सुरेन्द्र कार्की ,मिलन कार्कीप्रति नमन गर्नुभएको छ।

 

लकडाउनबाट प्रभावित अति विपन्न, ज्यालादारी मजदुर एवं असहाय परिवारलाई बसेकै ठाउँमा गएर खाद्यान्न वितरण गर्दा उनीहरु खुसीले प्रफुल्ल भएका थिए । खाद्यान्न पाउँदा अलि राहत महशुस भएको सुनाउँदै सहयोगीलाई धन्यवाद ज्ञापन गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्