सेन्झेनमा कुकुर र बिरालो खान नपाइने



बेइजिङ, एजेन्सी।

कुकुर र बिरालोको मासु उपभोग तथा बिक्री वितरण रोक्ने सेन्झेन चीनको पहिलो शहर भएको छ । कोरोना भाइरस अर्थात कोभिड –१९ को महामारी बन्यजन्तुको मासुसंग सम्बन्धित रहको हुनसक्ने बताइएपछि चीन सरकार बन्य जन्तुको मासु सेवन तथा व्यापारमाथि प्रतिवन्ध लगाउन अघि सरेको हो ।

यस्तो प्रतिबन्ध लगाउने सेनझेन पहिलो शहर हो । यो नयाँ कानुन आगामी १ मेदेखि लागु हुने भएको छ । मानवीय अन्तर्राष्ट्रिय समाज ( एचएसआइ ) ले मासु उपभोगका लागि वर्षेनी विश्वभरि तीन करोडको संख्यामा कुकुर मारिने गरिएको बताएको छ ।

चिनिया संस्कृतिमा कुकुरको मासु सेवन गर्नु असामान्य नभए पनि अधिकांश चिनियाले यसप्रति रुचि राख्दैनन् । मानिसका असल तथा नजिकका साथि मानिने पाल्तु कुकुर बिरालोको मासु किन खाने भन्ने उनीहरुको तर्क छ ।

यस प्रतिवन्धलाइ ृमानव सभयताको माग र प्रतिष्ठाको रुपमा पनि लिइएको रोयटर्सले जनाएको छ । एचएसआइले सेन्झेनको यस कदमको स्वागत गरेको छ । चीन नीति विशेषज्ञ डाक्टर पिटर लिले यस प्रतिबन्धलाई राष्ट्रव्यापी गरिनुपर्ने तथा यसले प्रत्येक वर्ष चीनमा करिव एक करोड कुकुर र ४० लाख बिरालोको निर्मम तरिकाबाट हुने हत्या रोकिने विचार व्यक्त गरेका छन् ।

यसै गरी स्वास्थ उपचार कार्यका भाुलुको पित्त प्रयोग गर्ने पनि चिनिया परम्परा रहेको छ । चीनले कोरोना भाइरस संक्रमितहरुमाथि समेत सो पित्त प्रयोगका लागि अनुमति दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्