गुजारा चलाउन गाह्रो भएकाको विवरण संकलन शुरु



न्युज अफ नेपाल,हेटौंडा।

थाहा नगरपालिकाले हालको लकडाउनको स्थितिमा रोजगारीको अभावमा गुजारा चलाउन नसक्ने व्यक्ति/परिवारको पहिचानका लागि विवरण संकलन शुरु भएको छ । यस्तो विवरण संकलनको लागि नगरका सबै वडा कार्यालयहरुलाई परिपत्र गरिएको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिनुभयो ।

गृह मन्त्रालयबाट स्थानीय तहहरुलाई परिपत्र भएबमोजिम गुजारा चलाउन नसक्ने तथा परिवारलाई राहत वितरणको लागि विवरण संकलन थालिएको प्रमुख प्रशासकीय अधिकृत पुरीले बताउनुभयो ।  विवरण संकलनपश्चात् अन्य कार्य गृह मन्त्रालयको निर्देशनअनुसार हुने कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको सचिवालय थाहा नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्