हालसम्म कोरोना संक्रमण नभेटिएका विश्वका १५ देश



लस एन्जलस (एजेन्सी) । 

अमेरिकाको जोन हप्किन्स युनिभर्सिटीले कोरोना भाइरसको अपडेटका लागि विश्वकै सबैभन्दा विशाल डेटाबेस तयार गरेको छ । धेरैजसो सन्चार माध्यम तथा सरकारले उक्त विश्व विद्यालयको डाटा नै प्रयोग गरिरहेको छ ।

युनिभर्सिटीका अनुसार कोरोनाभाइरस अहिलेसम्म १ सय ८० देशमा पुगिसकेको छ । तर केही त्यसता देश पनि छन् जहाँ कोरोना संक्रमण अहिलेसम्म भेटिएको छैन । यसमा उत्तर कोरिया पनि पर्छ । किम जोंग उन सरकारले उनको देशमा कोरोना भाइरसको कुनै खतरा नभएको, कुैन संक्रमित पनि नभएको बताएको छ । उत्तर कोरियाको सीमा चीन र दक्षिण कोरिया जस्ता कोरोना प्रभावित देशसँग जोडीएको छ । ती दुबै देशमा कोरोना भाइरस शुरुमै फैलिएको थियो ।

जोन हप्किन्स युनिभुर्सिटीले दिएको मार्च ३१ सम्मको आंकडा अनुसार अफ्रिका महाद्विपमा कयौं देश छन्, जहाँ अहिलेसम्म कोरोना भाइरसको एक पनि संक्रमित भेटिएको छैन । ती देशहरु बोत्सवाना, लिसोथो, यमन, कोमोरोस, मलावी, साओ तामे एन्ड प्रिन्सिपी, दक्षिण सुडान हुन् । ती बाहेक केही ससाना आइल्यान्ड पनि छन्, जहाँ कोरोना भाइरस पुगेको छैन । यसमा सोलोमन आइसल्यान्ड, भानुआतु हुन् । एसियाली मुलकुमा उत्तर कोरिया, ताजिकिस्तान, तुर्कमेनिस्तानमा अहिलेसम्म संक्रमण भेटिएको छैन । तर संयुक्त राष्ट्र्ले संक्रमण फैलिएको देश १ सय ९५ जनाएको छ ।

उक्त युनिभर्सिटीका अनुसार ३७ वटा देशमा १० भन्दा कम मात्र संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्