थाहानगरमा खाद्यान्न आपूर्तिमा सहज 



रोशन पराजुली,हेटौंडा।

थाहा नगरपालिकाले प्रत्येक वडामा अत्यावश्यकीय खाद्यन्न आयातलाई सहजता बनाएको छ । नगरपालिकाले आफ्नो १२ वटै वडा समितिको संजोकत्वमा वडाभित्र रहेका खाद्यान्न तथा दैनिक उपभोगका सामग्री आपूर्तिको सहजताको लागि वडाबाट नै लगत संकलन गर्न वडालाई परिपत्र गरेको छ ।

मौज्दात नगरपालिकामा पेश गरेपछि मात्र खाद्यन्न आपूर्तिकर्ताले सिफारिस पाउनेछन् । वडा कार्यालयहरुले खाद्यान्न पसल तथा मौज्दातको विवरण बजार व्यबस्थापन समितिहरुसँगको समन्वयमा संकलन गर्ने व्यबस्था मिलाइएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको सचिवालय थाहानगर सदस्य अनिल लामिछानेले बताउनुभयो ।

थाहा नगरपालिका क्षेत्रमा खाद्यान्न तथा अन्य दैनिक उपभोगका सामग्रीहरु ढुवानी गर्न २ वटा ट्रक/जीपलाई सवारी पासका लागि सिफारिस गरिएको सदस्य लामिछानेले बताउनुभयो । थाहा नगरपालिकाले नगर क्षेत्रमा रहेको खाद्यान्न पसलहरुमा रहेको खाद्य मौज्दात अद्यावधिक गर्ने गरेको छ । वडा कार्यालय र बजार व्यबस्थापन समितिको समन्वयमा यस्तो कार्य गरिरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको सचिवालय थाहा नगरपालिका सदस्य लामिछानेले बताउनुभयो ।

दैनिकरुपमा भित्रने खाद्यान्न तथा पसलहरुको खाद्यान्नको अबस्थाको विवरण नगरपालिकाले संकलन गर्ने गरेको हो । नगरपालिकाले दैनिक प्रतिवेदनमा समेत उक्त विवरण समेट्ने गरिएको छ । हाल नगर क्षेत्रका खाद्यान्न पसलहरुमा २ हजार ६ सय ८९ बोरा चामल, चार हजार ४ सय १९ किलो दाल, ३ सय १४ बोरा नुन, ५ सय ३१ कार्टुन तेल, ३७ बोरा आँटा, २ सय ६९ बोरा चिउरा, ९० बोरा चिनी मौज्दात रहेको नगरपालिकाको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्