कोरोना उपचार कोषमा एकैैदिनमा एक अर्ब बढी जम्मा



न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा बिहीबार एक अर्ब भन्दाबढी रकम संकलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार आयोजना भएको एक समारोहमा उक्त रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव तथा कोषका सदस्य सचिव नारायणप्रसाद विडारीले कोषमा जम्मा गर्नुभएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालय अन्तर्गतको नेपाल आयल निगमले ५० करोड र नेपाल फेडफरवार्डस एसोसिएसनले ७ लाख ६ हजार १ सय १ रुपियाँ कोषमा सहयोग गरेका छन् । त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत नेपाल दूर सञ्चार प्राधिकरणले १५ करोड र नेपाल दूर सञ्चार कम्पनी लिमिटेडले १२ करोड सहयोग गरेको छ ।

अर्थ मन्त्रालयअन्तर्गतका नेपाल धितोपत्र बोर्डले तीन करोड, निक्षेप तथा कर्जा सुरक्षण कोषले तीन करोड, नेपाल स्टक एक्चेन्जले तीन करोड ५१ लाख, नागरिक लगानी कोषले दुई करोड, क्लियरिङ र डिपोजिट कम्पनीले एक करोड ३५ लाख, बिमा समितिले 1पाँच करोड, राष्ट्रिय बिमा संस्थानले एक करोड, कर्मचारी सञ्चय कोषले पा“च करोड, राष्ट्रिय बाणिज्य बैंकले एक करोड ८५ लाख, नेपाल बैंकर्स संघले २० करोड रुपियाँ सहयोग गरेका छन् ।

कोषमा रकम जम्मा गर्नका लागि राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलिएको छ । खाताको सञ्चालन महालेखा नियन्त्रकको कार्यालयबाट हुन्छ । कुनै पनि निकायले कोषको खर्च गर्नका लागि अर्थ मन्त्रालयलाई लेखी पठाउनुपर्ने समारोहमा बोल्दै अर्थमन्त्री डा.1 युवराज खतिवडाले जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्