खिजीदेम्बा गाउँपालिकाले अन्यत्रबाट आएका व्यक्तिको विवरण संकलन गर्दै



लिला सुनुवार, ओखलढुंगा ।

ओखलढुंगाको खिजीदेम्बा गाउँ पालिकाले कोरोना भाईरस नियन्त्रणका लागी खिजीदेम्बा गाउँ पालिका बाहिरा (अन्यत्र) ठाउबाट आएका व्यक्तिहरुको विवरण तयार पार्ने भएको छ ।

विवरण तयार गर्नकालागी गाउँ पालिकाले प्रत्येक वडामा दुई दुई जना सुचना स्रोत ब्यत्ति नियुत्ति गरेको छ । विवरणमा काँहाबाट आएको, कुन बाटो आएको हालको अबस्था कस्तो रहेको छ लगाएतको जानकारी सम्बन्धित ब्यत्तिहरु बट लिईने खिजीदेम्बा गाउँ पालिका अध्यक्ष बेद बहादुर रोकाले बताए ।

यसरी विवरण तयार गर्दा अन्यत्र ठाउबाट आएका ब्यत्तिहरुको सम्पर्क नम्बर सहित लिईने भएकाले अन्यत्रबाट आएका ब्यत्तिहरुको अबस्था बारम्बार बुझि बिरामी परेको वा कोरोनाको सम्भावित लक्षण देखिएमा तत्काल उपचारका लागी सम्भन्धित ठाउमा पुर्‍याउन पहल गरिने गाउँ पालिका स्वास्थ्य प्रमुख ईन्द्ध प्रसाद गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्