सेन्चुरी कमर्सियल बैंकद्वारा कोरोना कोषमा आठ करोड ५० लाख सहयोग



न्युज अफ नेपाल, काठमाडौँ ।

सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सेन्चुरी कमर्सियल बैंकले आठ करोड ५० लाख सहयोग गर्ने घोषणा गरेको छ ।

बैंकले सहयोग गरेको सो रकम प्रादेशिक सरकार र संघीय सरकारलाई हस्तान्तरण गरिने भएको छ । आठ करोड ५० लाख रकम मध्ये तीन करोड ५० लाख प्रादेशिक सरकारको लागि छट्याइएको छ भने बाँकी ५ करोड संघीय सरकारको कोषमा जम्मा गरिने भएको छ ।

नेपालमा समेत कोरोनाको जोखि बढ्दै गएपछि पछिल्लो समय देशभरका केही बैँकहरुले कोरोना कोषमा सक्दो सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्