प्रभु बैंकका सिइओ शेरचनद्वारा १ सय थान पीपीई र १५ हजार मेडिकल मास्क सहयोग



न्युज अफ नपाल, काठमाडौँ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन प्रभु बैंकका सिइओ अशोक शेरचनले दुर्गम जिल्लाका स्वास्थ्य संस्थामा पीपीई र मास्क सहयोग गरेका छन् ।

बागलुङको दुर्गम ठाउँमा रहेका स्वास्थ्य संस्थानहरुमा शेरचनले १ सय थान पीपीई र १५ हजार मेडिकल मास्क सहयोग गरेका छन् । स्वास्थ्य संस्थानका चिकित्सक र स्वास्थ्यकर्मी पीपीई र मास्क नहुँदा समस्यामा परेका थाहा पाएपछि आफूले सकेसम्मको सहयोग गरेको शेरचनले जनाएका छन् । केही ठाउँमा अझैँ मेडिकल सामग्री नभएका कारण आफूले थप सामाग्री उपलब्ध गराउने प्रयासमा रहेको शेरचनले बताए ।

यसअघि पनि उनले विभिन्न कार्यहरुमा सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्