कोरोना रोकथाम कोषमा आयल निगमको ५० करोड सहयोग



न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल आयल निगमले ५० करोड रुपैयाँ सहयोग गरेको छ ।

निगमले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सो रकमको चेक हस्तान्तरण गरेको हो । निगमको बुधबार बसेको संचालक समितिको बैठकले कोरोना रोकथाम कोषमा ५० करोड रुपैयाँ दिने निर्णय गरेको थियो ।

राष्ट्रिय विपद्को समयमा सरकारलाई सहयोग गर्ने निगमको कर्तव्य र दायित्वलाई निरन्तरता दिँदै कोरोना कोषमा ५० करोड रुपैयाँ सहयोग गरेको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्