रातो मत्स्येन्द्रनाथको महास्नान र रथ बनाउने कार्यलाई छेकेन कोरोनाले



न्युज अफ नेपाल, काठमाडौँ ।

विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारी फैलिरहेको बेला गुठी संस्थान ललितपुर शाखा कार्यालयले भने रातो मत्स्येन्द्रनाथको महास्नान गर्ने र रथ बनाउने कार्य थालेको छ ।

बुधबार संस्थानका प्रमुख राजन भुजुको अध्यक्षतामा बसेको बैठकले लगनखेलमा २७ गते मत्स्येन्द्रनाथको महास्नान र २८ गतेबाट पुल्चोकमा रथ निर्माण सुरु गर्ने निर्णय गरेको छ ।

यस्तै, महास्नानमा सहभागी हुने १३ जना पुजारी, पुल्चोकमा ‘हामोकी’ पूजा गर्न बाराही गुठीका ५ जना नाइके, यवाल र अन्य गुठीका २र२ जना गरेर ६ जना गुठीयारका लागि आवतजावतको व्यवस्था गर्न संस्थानले जिल्ला प्रशासन कार्यालय ललितपुरलाई अनुरोध पनि गरेको छ ।

चैत २८, २९ र ३० गते पुल्चोकमा रथ निर्माण गर्न बाराही गुठीका गुठीयार प्रत्येक दिन ५० जनाका दरले तीन दिनका लागि एक सय ५० जना र ३० गते युवाल गुठीका ३५ जनाको सहभागी हुने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्