अष्ट्रेलियाको न्यु साउथ वेल्समा ३ महिना लकडाउन घोषणा



एजेन्सी । कोेरोना संक्रमितको संख्या बढ्दै गएपछि अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा ९० दिनको लकडाउन घोषणा गरिएको छ । साथै, लकडाउन अवज्ञा गर्नेलाई एक हजार अष्ट्रेलियन डलर जरीवाना तिराइने छ ।

अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या ५ हजार पुगिसकेको छ भने २३ जनाको मृत्यु भइसकेको छ ।

विश्वव्यापी रुमा फैलिएको कोरोना महामारीकाट इटालीमा पछिल्लो २४ घण्टामा ७ सय २७ जनाको मृत्यु भइसकेको छ। विश्वका ९ लाख ३४ हजार ८ सय २५ व्यक्ति कोरोना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्