सुनकोसी गापाका संयोजक श्रेष्ठद्वारा मेडिकल सामाग्री सहयोग



लिला सुनुवार, ओखलढुंगा ।

नेपाली कांग्रेस जिल्ला कार्य समिती सदस्य एवं सुनकोसी गाउँपालिका संयोजक भोज कुमार श्रेष्ठले नोबेल कोरोना भाइरसको प्रतिरक्षाका लागी बिभिन्न सामाग्री सहयोग गरेका छन ।

नेता श्रेष्ठले यहि चैत्र २० गते १२ सय थानमास्क, १ हजार थानपन्जा, २० बोत्तल सेनिटाईजर र विभिन्न स्वास्थ्य सामाग्री सुनकोसी गाउँपालिका अध्यक्ष रुद्ध अधिकारीलाई हस्तानतरण गरेका छन । बिपत्तिको बेलामा आफ्नो गाउँपालिकाबासीहरुका लागी सानो सहयोग गरेको र कोरोना भाइरसको प्रति रक्षाका लागी आगामी दिनमा पनि आवश्यत्ता अनुसारको सहयोग निरन्तर गर्ने काङग्रेश नेता श्रेष्ठले बताए ।

यसै गरि सुनकोसी गाउँपालिकाअध्यक्ष रुद्ध प्रसादअधिकारीले अन्तराष्ट्रिय बिपतिका कारण सम्पुर्ण गाउँपालिकाबासहरु त्रसिद अबस्थामा रहेका बेला प्रतिरक्षाका लागी सामाग्री बितरण गर्ने भोज कुमार श्रेष्ठ प्रति आभार प्रकट गर्नु भयो । अध्यक्ष अधिकारीले सहयोगीबाट प्राप्त सामाग्री र गाउँपालिकाले अन्य ठाउबाट प्राप्त गरेको २० थानपीपीई सेट गाउँपालिकाका स्वास्थ्य प्रमुख संग समन्वय गरि आवश्यक रहेको ठाउमा बितरण गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्