घर घरमा पुगेर बाँडे बिपन्न परिवारलाई समाजसेवी न्यौपानेले राहत



न्युज अफ नेपाल, भक्तपुर ।

सूर्यविनायक नगरपालिका दधिकोट ४ बस्ने समाजसेवी रुपक न्यौपानेले आफ्नो अगुवाईमा लकडाउनको समयमा दैनिक कमाई गरी खानुपर्ने समस्या भइरहेका ५० भन्दा बढी घर परिवारलाई खाद्यान्न दिएर सहयोग गरेका छन् ।

 

नेपाली कांग्रेसका युवा नेता समेत रहेका न्यौपानेले नेपाली कांग्रेस सु न पा वडा नम्बर ४ को अगुवाइमा दैनिक ज्याला मजदुरी गरी खाने ४५ घर परीबार लाइ राहत प्रदान गरीएको बताए ।

 

सुनसरी स्थायी घर भई दधिकोट बस्दै आएका स्थानीयलाई बिभिन्न सहयोगी हातहरुको सहयोगमा राहत बितरण गरिएको न्यौपानेको भनाई छ ।उनले आफ्नो अभियानमा साथ दिने सहयोगी हातहरु प्रती हार्दिक नमन पनि गरेका छन् । प्रति परिवार चामल ,दाल,नुन,चिनी, ,तेल निःशुल्क सहयोग गरेका हुन् । समाज सेवाका लागि यदि निस्वार्थ भावले गर्ने चाहाना छ भने कुनै कठिन परिस्थितिले पनि छेक्दैन भन्ने उनको भनाई छ ।

 

दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने अति विपन्न र असहाय परिवारलाई राहत होस् भन्ने मनसायले आफूले सकेको सहयोग थालेको उनले बताए । आफूले सकेसम्म यो सहयोगलाई निरन्तरता दिने उनले जनाए ।

 

यसअघि पनि आफूले अप्ठ्यारामा पर्दै आएका ब्यक्ति र परिवारलाई सहयोग गर्दै आएको उनले जनाए । आफूलाई यो अभियानमा बल दिने बिशेष सहयोगी भाउजु दिपा र शान्ती तथा ,दिपक कार्की सुरेन्द्र कार्की ,मिलन कार्की र हरिबोल भाइ प्रति हार्दिक नमन गरेका छन् ।

 

लकडाउनबाट प्रभावित अति विपन्न, ज्यालादारी मजदुर एवं असहाय परिवारलाई बसेकै ठाउँमा गएर खाद्यान्न वितरण गर्दा उनीहरु खुसीले प्रफुल्ल भएका थिए । खाद्यान्न पाउदा अलि राहत महसुस भएको सुनाउदै सहयोगीलाई धन्यवाद ज्ञापन गरेका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्