डुंगा पल्टदा १ बेपत्ता ३ को उद्धार



न्युज अफ नेपाल, नवलपरासी ।

जिल्लाको उत्तर कालीगण्डकीमा बुधबार डुंगा पल्टदा १ जना बेपत्ता छन भने ३ जनाको सकुशल उद्धार भएको छ ।

 

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले दिएको जानकारी अनुसार डुंगा डुवेर हराउनेमा बुलिड.गटार ३ की ११ वर्षीय बालिका ईसरा दरै रहेकीछन् ।
कालीगण्डकी पार गरिरहेको डुंगा पल्टिएर डुवेपछि त्यसमा सवार सोही ठाउका ११ वर्षकी सिमा दरै, १२ वर्षीय पूर्णिमा दरै र १३ वर्षीया नम्रता दरैको सकुशल उद्धार गरिएको थियो ।

 

तनहूंको रिसिड.ग गाउपालिका ४ बाट काठको डुंगा चडेर बुलिड.गटार तर्फ आउदै गर्दा बेलुका ४ बजे अचानक सो दूर्घटना भएको हो ।

 

डुंगा चालक रिसिड.ग ४ सिरकोट ,तनहूंका २० वर्षीय मनोज महोर्पा मगर फरार रहेको जिल्ला प्रहरी कार्यालय पूर्बी नवलपरासीका सूचना अधिकृत प्रहरी उपरिक्षक मोहन बहादुर खांडले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्