कोरोनाको कहरः नेपाल प्रहरीका आईजीपीले छोडे कार्यालय



न्युज अफ नेपाल, काठमाडौ ।

 

कोरोना भाइरसको संक्रमण नियन्त्रणकालागि अग्रभागमा रहनु पर्ने नेपाल प्रहरीका प्रमुख सबै भन्दा धेरै डराएका छन ।

 

प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली अहिले आफ्नो कार्यकक्ष छोडेर मुख्यालयमा एउटा टेन्ट खडा गरेर त्यसमा बस्न थाल्नु भएको छ । उहांले सके सम्म कसैलाई पनि भेट नगर्ने र भेट गर्नुपरेपनि टाडा राखेर भेट गर्ने र बिभागीय प्रमुखहरुलाई सबै काम गर्न लगाएर बस्ने गर्नु भएको छ ।

 

आफ्नै कार्यालयमा सुरक्षित सामग्री राखेर बस्नु पर्ने संगठन प्रमुख अहिले दैैबी बिपत्ती भूकम्प गएजस्तो गरेर कार्यालय नै छोडेर पालमा बसेको भन्दै उच्च प्रहरी अधिकारीले असन्तुष्टी ब्यक्त गरेका छन । आईजीपी साप किन यती धेरै डराउनु भएको छ मैले बुझेको छैन एक प्रहरी अधिकारीले न्युज अफ नेपाललाई बताए ।

प्रतिक्रिया दिनुहोस्