कोरोना महामारीका कारण ६० अखबारको प्रकाशन स्थगित



सिडनी (एजेन्सी)

अष्ट्रेलियाको न्युज कोर्पले न्यु साउथ वेल्स, भिक्टोरिया, क्विन्सल्यान्ड र साउथ अष्ट्रेलियाबाट प्रकासित भइरहेका ६० स्थानीय अखबारको प्रकाशन अप्रिल ९ देखि स्थगित गरेको छ ।

 

कोरोना भाइरसका कारण परेको कठिनाइका कारण ती अखबारहरुको प्रकाशन स्थगित गरेको हो । यद्यपी आफना समाचार सामग्री अनलाइनमा प्रकासित गर्ने न्युज कोर्प सन्चार समुहले जनाएको छ । प्रकाशन स्थगित गर्ने निर्णय लिन सहज नभएको न्युज कोर्प अष्ट्र्ेलियाका प्रमुख माइकल मिलरले बताए ।

 

कोरोना भाइरसका कारण रियल इस्टेट लिलाम र घर अवलोकन तथा कार्यक्रम स्थल र रेस्टुरेन्ट बन्द गर्नु पर्ने बाध्यकारी स्थितिले विज्ञापनबाट हुने आम्दानी एक्कासी अत्यन्त न्युन स्तरमा घटेको संस्थाले जनाएको छ ।

 

महामारीका कारण आम्दानीमा आएको गिरावटका कारण गत महिना भिक्टोरियामा कयौं स्वतन्त्र अखबारहरु बन्द गरेको घटनापछि न्युज कोर्पको उक्त कदम बाहिर आएको हो ।

 

न्युज कोर्पेले जारी गरेको एक विज्ञप्तीमा क्षेत्रिय अखबार प्रकाशन बन्द गरिएपनि त्यहाँको प्रमुख समाचारहरुलाई अष्ट्रेलिया भरीका ग्राहकहरुका लागि डिजिटल संस्करणमा प्रमुखताका स्थान दिने उल्लेख गरेको छ ।

 

न्युज कोर्पले विश्वास र ब्यावसायिक पत्रकारिता मार्फत अष्ट्रेलियाका थुप्रै समुदायमा सेवा पुर्याइरहने आफनो प्रतिबद्धता कायम राख्ने संस्थाका प्रमुखले बताए ।

अष्ट्रेलियामा अहिलेसम्म ४ हजार ८ सय ६२ जनामा कोरोना संक्रमण देखिएको छ भने २१ जनाको यस रोगबाट मृत्य भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्