इरान विरुद्ध ट्रम्पको चेतावनी



वासिंगटन (एजेन्सी)

 

कोराना भाइरस संक्रमणबाट विश्वमा सबैभन्दा धरै प्रभावित अमेरिका र एसियामा सबैभन्दा प्रभावित मध्यको एक इरान दुबै यसको रोकथाममा सफल हुन सकिरहेको छैन । दुबै देशमा विद्यमान कोरोना कहरले यिनीहरुबीचको तनाव पुर्ण सम्बन्धमा कुनै परिवर्तन सकारात्मक परिवर्तन आउने अपेक्षा गरिरहेको थियो ।

 

तर अमेरिकी राष्ट्रपतिले इरानसँगको सत्रुता यो महासंकटमा पनि आकल्न थालेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई यदि अमेरिकी सैनिकमाथि कुनै प्रकारको आक्रमण भएमा तेहरान र उसका सहयोगीहरुले भारी मुल्य चुकाउनु पर्ने चेतावनी दिएका छन ।

 

सन् २०१५ को परमाणु सम्झौताबाट हट्ने निर्णयसँगै ट्रम्पले इरानमाथि कयौं कडा प्रतिबन्द लगाएका थिए । त्यसपछि यी दुई देशबीच अत्यन्त तनावपुर्ण सम्बन्ध बन्न गएको हो । यो स्थिति झन विकराल त्यतिबेला बन्यो जब अमेरिकाले इराकमा इरानी कमान्डर कासिम सुलेमानीलाई हवाई आक्रमणमा मारिदिए ।

 

ट्रम्पले वुधबार राती ट्विटमा भने- ‘मलाई इरान र उसका साथी इराकमा अमेरिकी सैनिक र सम्पतीमा आक्रमणको योजना बनाइरहेको सुचना प्राप्त भएको छ । यदि यस्तो भयो भने इरानले भारी मुल्य चुकाउनु पर्नेछ । ‘

 

इरानी कमान्डर कासिम अमेरिकी हवाई आक्रमणमा मारिएपछि इराक स्थित अमेरिकी दुतावास तथा अन्य सैन्य अड्डाहरुमा आक्रमण हुने क्रम जारी छ । विगतका दिनमा इराकमा अमेरिकी दुतावस नजिकै एक रकेट खसेको थियो र त्यसलाई दुतावासमाथि निसाना साधेर गरेको आक्रमण मानिएको थियो ।

 

अहिले विश्वलाई नै आफनो चपेटामा लिइरहेको कारोना भाइरसले अमेरिकामा करिब २ लाख १५ हजारभन्दा बढी संक्रमित छन् । भाइरस संक्रमणका कारण मर्नेको संख्या अमेरिकाको इतिहासमा सबैभन्दा भिषण आक्रमण सेप्टेम्बर ११को भन्दा पनि बढेको छ ।
ट्रम्पको यो चेतावनी देशमा भइरहेको विपत्तीको अवस्थाबाट जनताको ध्यान मोड्न आएको अनुमान गरिएकोछ ।

प्रतिक्रिया दिनुहोस्