चट्याङले एकको मृत्यु, तीन घाइते, दुई घर क्षति



सीताराम अधिकारी, धादिङ ।

घरको छेउमा कुखुराको खोर बनाउँदै गरेका एक जनालाई बुधबार दिउँसो उत्तरी धादिङको खनियाबास गाउँपालिका वडा नम्बर २ गोरगङमा पर्दा एक जनाको मृत्यु भएको छ।

खनियाबास गाउँपालिका वडा नम्बर २ गोरगङका ४० वर्षीय रामसिंह तामाङको मयुभएको हो । चट्याङमा परेर सोही गाउँपालिका थलीका पार्वती तामाङ, मनकुमारी तामाङ र क्यूङ निवासी आसमाया तामाङ घाइते हुनुभएको छ । थलीमा परेको चट्याङले दुई घरमा क्षति पुगेको छ । चट्याङका कारण गाउँमा विद्युत सेवा समेत अवरुद्ध भएको झर्लाङका सामाजिक कार्यकर्ता प्रेम तामाङले जानाकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्