एकै दिनमै सपना पूरा गरिदिँदै कविता



नर्वेवासी नायिका कविता गुरुङ नर्वेदेखि काठमाडौं आएर एक युट्युब शोमार्फत समाज सेवामा उत्रिएकी छिन्। उनी आप्नो इच्छा, सपना र आकांक्षा पूरा गर्न नसक्ने व्यक्तिको सबै इच्छा एक दिनमा पूरा गराउँदै फरक ढंगले समाजसेवामा देखापरेकी हुन्।

 

मिलन चाम्स निर्देशित आफ्नै जीवनकथाको रियल स्टोरी रहेको फिल्म बोबीबाट नेपाली रजतपटमा डेब्यु गरेकी नायिका कविता गुरुङले विस फर अ डे विथ डल्लु नामक युट्युब शोबाट फरक किसिमले समाजसेवा गरी सबैको मन जितेकी छिन्।

 

आफूलाई डल्लुका रुपमा प्रस्तुत गर्दै उनले निर्माण तथा सञ्चालन गरेको शो विस फर अ डे विथ डल्लुको पहिलो भाग सार्वजनिक गरिएको छ, जसमा कविताले काठमाडौंबाट पोखरा गई त्यहाँको सुकुम्वासी टोलकी महिलाको चाहनाअनुसार उनको साथीसहित काठमाडौं ल्याएर पशुपति मन्दिरको दर्शन गराइदिन्छिन्। कहिल्यै काठमाडौं नआएकी ती महिला र उनको साथीलाई काठमाडौंको प्रमुख स्थलहरु घुमाई किनमेलसमेत गरिदिन्छिन्।

 

कविताले सामाजिक सन्जाल युट्युबमार्फत सार्वजनिक शोमा एकजना व्यक्तिको एक दिनको इच्छा, आकांक्षा, सपना र खुसीको कथा समेट्न यो युट्युब शोको शुरुआत गरेको बताएकी छिन्। उनकै घरेलु प्रोडक्सन डल्लु इन्टरटेन्टमेन्टले निर्माण गरेको शो रामकुमार केसीले छायांकन र ध्रुवराज पराजुली प्रज्वलितले सम्पादन गरेका छन्। कार्यक्रमको छायांकन र पोस्ट प्रोडक्सन वेब टिभीमा गरिएको हो।

 

फरक ढंगको कार्यक्रम दर्शकसामु पस्कने तथा दुःखी मुहारमा मुस्काउन छाउने उद्देश्यले शो शुरु गर्न केही समयका लागि काठमाडौं आएकी कविताले शोअन्तर्गत केही भाग तयार पारेकी छिन्। कार्यक्रमका लागि विभिन्न भागको छायांकन गरी उनी लकडाउन हुनु केही दिनअघि कष्टपूर्ण र झन्झटिलो यात्रा गर्दै नर्वे फर्केकी थिइन्।

 

कविताले आप्mनो र आप्mना प्रेमी तथा पति उमेशका साथ आप्mनो दम्पतीको वास्तविक घटनामा आधारित फिल्म बोबीमा अभिनय गरी दर्शकको मन जितेकी छिन्। यसै फिल्ममार्पmत उनका पति उमेश थापाले सिजी कामना फिल्म अवार्डस् २०७६ मा सर्वोत्कृष्ट नवअभिनेताका अवार्ड चुमेका थिए, जुन उमेशको अनुपस्थितिमा कविताले ग्रहण गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्