महामारीको सामना गर्न भारतमा इन्जिनियर टोली सक्रिय



पुने, (एजेन्सी)

पश्चिम भारतीय शहर पुनेको आठ हजार वर्ग फिटको एउटा स्थानमा केही युवा इन्जिनियर कम खर्चिलो भेन्टिलेटर बनाउने काममा व्यस्त रहेका छन् । यदि कोरोना भाइरस महामारीको कारण भारतका अस्पतालहरु भरिन थाले भने तिनीहरुको यो उत्पादन बरदान सावित हुनेछ ।

भारतका नाम चलेका इन्जिनियरिङ विद्यालयहरुबाट आएका यी विद्यार्थीले इन्जिनियरिङ अध्ययन गर्न थालेको केवल दुई वर्ष मात्र भएको छ । तिनीहरु बोटबिरुवा सफा गर्ने पानीरहित रोवोट निर्माण कार्यका लागि अध्ययन–अनुसन्धान गर्दै आइरहेका थिए ।

इन्जिनियरहरुको औशत उमेर २६ वर्ष रहेको छ । अहिले भारतमा अनुमानित अधिकतम ४८ हजारवटा मात्र भेन्टिलेटर रहेको छ । त्यसमध्ये पनि श्वास–प्रश्वासलाई सहयोग गर्ने कतिवटा भेन्टिलेटर चालु अवस्थामा छन् भन्ने कसैसंग यकिन ज्ञान छैन ।

भएका भेन्टिलेटरहरु पनि अहिले अन्य विभिन्न रोगको बिरामीहरुका लागि अस्पतालका सघन उपचार कक्षहरुमा प्रयोग भइरहेको विश्वास गरिएको छ । कोभिड – १९ बाट संक्रमित छ जनामध्ये करिब एकजना श्वासप्रश्वास समस्यासहित गम्भीर बिरामी पर्ने स्वास्थ विशेषज्ञहरुको भनाइ रहेको छ ।

अहिले भेन्टिलेटरको अभाव भारतमा मात्र देखिएको भने होइन । अन्य विकसित मुलुकका अस्पतालमा पनि पर्याप्त भेन्टिलेटर नभएकाले डाक्टरहरुलाई कुन चाहिँ बिरामीको ज्यान जोगाउने भन्ने अन्यौल छ । अहिले भारतका कम्तिमा दुईवटा कम्पनीले आयातित उपकरणहरबाट भेन्टिलेटर बनाउँदै आएका छन् ।

त्यसको एउटाको मूल्य १ लाख ५० हजार भरु पर्दछ । आग्भा हेल्थकेयर नामक कम्पनीले महिनाको २० हजार वटा भेनिटलेटर बनाउने योजना बनाएको छ । अप्रत्यासित माग बढ्न सक्ने सम्भावनालाई मध्यनजर राख्दै भारत सरकार स्वयम्ले पनि चीनमा १० हजार वटा भेन्टिलेटरको अर्डर पठाइसकेको छ ।

नोक्का रोवाटिक्समा इन्जिनियरहरुले विकास गर्दै गरेका भेन्टिलेटरको मूल्य भने ५० हजार भारु प्रति पर्ने बताइएको छ । सातजना इन्जिनियरको समूहले काम शुरु गरेको पाँच दिन मात्रै भयो । तर तिनीहरुले तीनवटा पोर्टेवल भेन्टिलेटरको नमुना तयार पारिसकेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्