लकडाउनको बेला थाई नरेशले गरे राशलीला



बैंकक, (एजेन्सी) ।

कोरोना भाइरस महामारीको नाममा लकडाउन भएको मौका पारी गोप्यरुपमा सेक्स एन्ड ड्रग्स पार्र्टी आयोजना भइरहेका बेला थाइल्यान्डको उत्तरी भागमा प्रहरीले छापा मारेर थुप्रै युवक–युवतीलाई नियन्त्रणमा लिएको छ । चियाङमाइ शहरमा ४८ घण्टा निरन्तर पार्टी गरेर हो–हल्ला मच्चाउन थालेपछि आक्रोशित छिमेकीहरुले प्रहरीलाई खबर गरेका थिए ।

 

एक सुविधासम्पन्न बंगलामा छापा मारेर प्रहरीले १० पुरुष र १२ जना महिलालाई पक्राउ गरेको हो । प्रहरीले सोही बंगलाको स्विमिङ पुलमा अर्धनग्न अवस्थामा संगीतको तालमा नाच्दै गरेका अन्य १९ युवक–युवतीलाई पनि नियन्त्रणमा लिएको बेलायतको सन पत्रिकाले जनाएको छ ।

 

साथै अन्य तीन जनालाई नजिकैको एउटा कोठाको पलङमा निर्वस्त्र फेला पारिएको थाइसञ्चार माध्यमले जनाएका छन् । साथै सुरक्षाकर्मीले उक्त बंगलाभित्र थुप्रै रक्सीका बोतल, कन्डमका प्योकटहरु, मिथएम्फेटामाइन, केटामाइन र गाँजा फेला पारेको छ । साथै एउटा बाकसभित्र ५ हजार पाउन्ड नगद पनि भेटिएको छ । प्रहरीले लागु औषध पोजिटिभ भेटिएका तिनीहरुमाथि थप अनुसन्धान जारी राखेको छ ।

 

यसैबीच थाइल्यान्डका नरेश महावाजिरालोंगकोर्न उर्फ रामा एक्स आफ्ना सुन्दर शाही सुसारे एवं प्रेमिकाहरुसँग एउटा जर्मन होटेलमा गुप्तवास बसेका छन् । जर्मन अखबार बिल्डका अनुसार ६७ वर्षीय नरेश रामाले स्थानीय सरकारी अधिकारीहरुको अनुमति लिएर बाभारियास्थित ग्रान्ड होटेल सोन्नेबिचलका सम्पूर्ण कोठा बुक गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्