दुई अध्यक्षबीच औषधि खरिद प्रकरणका बारेमा गम्भीर छलफल



न्युज अफ नेपाल,काठमाडौ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच मुलुकको पछिल्लो घटनाक्रलाई लिएर गम्भिर छलफल भएको छ । दुई अध्यक्षबीच कोरोना संक्रमण नियन्त्रणकालागि चीनबाट खरिद गरिएको औषधीमा घोटाला भएको भन्दै संचार माध्यममा आएका बिषयमा समेत गम्भिर छलफल भएको बालुवाटार स्रोतले जानकारी दियो ।

उक्त औषधी खरिद प्रकरणमा भएका बिषयमा समेत छलफल भएको र सरकारले यस्तो बिषम परिस्थितीलाई ध्यानमा राखेर त्यस्ता बिषयमा निर्णय गर्नु पर्ने बिषयमा छलफल भएको बताइएको छ ।

त्यस्तै दुई अध्यक्ष बीच दार्चुलामा नेपाल भारत सीमा क्षेत्रमा अलपत्र परेका नेपालीको बारेमा छलफल भएको र उनीहरुलाई नेपाल फर्काउने बिषयमा सरकारले गम्भिरतापूर्वक लिनुपर्ने अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । मुलुक लकडाउनपछि गाउं घरका किसान र शहरी क्षेत्रमा बसोबास गर्ने बिपन्न बर्गलाई राहत बितरण गर्ने बिषयमा पनि छलफल भएको बताइएको छ ।

दुई अध्यक्षको भेटमा अध्यक्ष प्रचण्डले उनीहरुको ब्यवस्थापनमा सरकार ध्यान दिनुपर्ने तत्काल राहत मिलाउनु पर्नेमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण समेत गराउनु भएको थियो । प्रधानमन्त्री ओलीले अहिले केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय निकाय यसैबिषयमा केन्द्रित भएको जानकारी अध्यक्ष प्रचण्डलाई गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्