विम्बल्डन रद्द



लन्डन,एजेन्सी ।

विश्वमै सबैभन्दा लामो ईतिहास बोकेको ग्रान्ड स्लाम टेनिस प्रतियोगिताबाट परिचित विम्बल्डन टेनिस रद्द भएको छ ।विश्वमा फैलिएको कोरोना भाईरसको महामारीको कारण विम्बल्डन रद्द भएको जनाएको छ। इंग्ल्यान्डमा आयोजना हुने उक्त प्रतियोगिता जुन २९ देखि जुलाई १२ सम्म हुने तालिका रहेको थियो ।

विम्बल्डन टेनिस दोस्रो विश्व युद्धपछि पहिलो पटक रद्द गरिएको हो । यसअघि कोरोनाको कारण विश्वको प्रटिष्ठित खेल प्रतियोगिताहरु स्थगित भईसकेको छ ।

यसै वर्ष तय भएको युरोकप फुटबल र ओलम्पिक खेलकुद पनि अर्को वर्षको लागि स्थगित गरिएको छ। त्यस्तै यूइएफा च्याम्पियन्स लिग, यूरोपा लिग र यूरोकपका लागि तय भएका प्लेअफ म्याचहरु पनि रद्द गरिएका छन्। त्यस्तै यसअघि नै यूरोपेली राष्ट्रका घरेलु फुटबल लिगहरु पनि स्थगित भईसकेका छन्।

प्रतिक्रिया दिनुहोस्