वृद्ध दम्पती कोरोना मुक्त



नयाँदिल्ली,एजेन्सी ।

भारतका चिकित्सकहरुले कोरोना निको हुने सबैभन्दा पाको उमेरका व्यक्ति एकजना ९३ वर्षिय पुरुष भएको बुधवार बताएका छन् ।करिव एक महिना अघि केरोना भाइरस पोजिटिभ भेटिएका ति वृद्ध र उनकी ८८ वर्षिया पत्नी दुबैको उपचार सफल भएको र तिनीहरु केहि दिनमै अस्पतालबाट डिस्चार्ज हुने डाक्टरहरुले बताएका छन् ।

दक्षिण भारतिय राज्य केरला निवासी ति वृद्ध दम्पतिलाई इटालीबाट आएका छोरी र ज्वाईंबाट कोरोना सरेको बताइएको छ ।बुढ्यौलीका कारण अन्य रोगहरुबाट समेत पिडित यस दम्पतिको सफल उपचारको खवरलाई भारतको संचार माध्यमले ठूलो प्राथमिकता दिएको छ ।

डाक्टरहरुका अनुसार केहि समय स्वास्थ स्थिती निकै नाजुक भएका ति वृद्धलाई २४ घन्टा भेन्टिलेटरमा हाल्नु परेको विविसिलाई बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्