कोरोना भगाउन मन्दिरमा परेवा उडाइयो



न्युज अफ नेपाल, पर्वत ।

बिश्वभरी फैलीरहेको कोरना भाइरसको सक्रंमण नेपालमा पनि देखिसकेको छ । बिश्वभरी फैलिरहेको माहामारीले ४२ हजार भन्दा बढीको ज्यान लिईसकेको छ भने ६ लाख भन्दा बढी यसबाट रोगबाट सक्रमित भईसकेका छन् ।

नेपालमा पनि ५ जनामा यो सक्रंमणको पुष्टी भईसकेको छ । अहिले सामान्य रुघाखोकी र ज्वरो आउँदा पनि कोरनानै भन्ने आशंका बढ्न थालेको छ । यो भाईरस अझै पनि नियन्त्रणमा आउन सकेको छैन । भाईरस नियन्त्रणको लागि नेपालमा पनि बिभिन्न खालका सर्तकता अपनाईरहेको अबस्था रहेको छ ।

संक्रमण फैलिन नदीन नेपालनै लकडाउनको अबस्थामा छ । यस्तो बिषम परिस्थितिमा अत्याबश्यक काम बाहेक घरबाहिर ननिस्कन सरकारले आग्रह गरेको छ भने अति आबश्यक र अनुमति प्राप्त सबारी साधन मात्र सडकमा गुडिरहेका छन् ।

यस्तो समयमा कोरना भाईरसको सक्रंमण नेपालमा नआओस भन्दै फलेबास नगरपालिका वडा नम्बर ८ ठानामौलाले ठानामौलामा रहेको प्रसिद्ध भुमे कोट मन्दिरमा प्रार्थनाका साथै एक जोडि परेबा उडाएर शान्तिको कामना गरेको छ । बुधबार बिहान वडा अध्यक्ष मन बहादुर कँबरले सक्रंमण नफैलिओस भन्दै प्रार्थना गर्नुभएको हो ।

उहाँले वडाबासीहरुको चिन्ता गर्दै अत्याबश्यक काम बाहेक कोही कसैलाई घर बाहिर ननस्किन आग्रह गर्दै लकडाउनको पुर्ण कार्यन्बयन गर्न पनि वडाबासीलाई अनुरोध समेत गर्नभएको छ । भने वडामा अर्का बडाबाट आउन नपाईने तथा कोही वडाबाट टाढा जानको लागि पनि निषेध गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्