पर्वतको पैंयु गाउँपालिकामा कोरोना नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई भत्ता



न्युज अफ नेपाल, पर्वत । 

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड १९) का बिरुद्ध सिंगो मुलुक लक डाउनमा छन । सर्बसाधरण जनता घरमै सेल्फ क्वारेन्टाईनमा बसेका छन तर सुरक्षाकर्मी र स्वास्थ्यकर्मी दिनरात नभनी कार्यक्षेत्रमै खटिएका छन ।

यसरी कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई पर्वतको पैंयु गाउँपालिकाले भने बिशेष भत्ताको नै ब्यबस्था गरेको छ ।
कोरोना भाईरसका बिरुद्ध कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मीलाई ६० प्रतिशत भत्ता दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले बताउनुभयो । उहाँका अनुसार संघीय सरकारले बिशेष भत्ता नदिएको अबस्थामा पनि स्वास्थ्यकर्मीको मनोबल माथि उठाउन तलबको ६० प्रतिशत भत्ता दिने निर्णय गरिएको हो ।

यसैगरी सुरक्षामा खटिने प्रहरीका लागि खाजा भत्ताको ब्यबस्था गरिएको छ भने सुरक्षामा प्रयोग हुने सवारी साधनका लागि दैनिक ८ सय लिटर इन्धन सहयोग गरिएको छ ।

यस बाहेक गाउँपालिकाले हुवासमा रहेको पुरानो मिसन अस्पतालको खाली भवनलाई क्वारेन्टाईन बनाएको छ । तत्कालका लागि ५ लाख रुपैया राहतका लागि बिनीयोजन गरिएको र स्वास्थ्यकर्मीलाई आबश्यक पिपिई पनि खरिद गर्ने निर्णय भएको छ ।
समाप्त चैत्र १९

प्रतिक्रिया दिनुहोस्