देशभर २ लाख सिलिण्डर ‘ग्यास’ स्टक



मोतीराम तिमल्सिना, काभ्रे ।

लकडाउनका कारण सर्वसाधारणलाई ग्याँसको अभाव हुन नदिन जिल्लामा ग्याँस स्टक राखिएको छ । यतिखेर ग्याँस सकिने उपभोक्ताहरुका लागि निगमले उद्योग मार्फत आधा सिलिण्डर ग्याँस उपलब्ध गराईरहेको छ । काभ्रे जिल्लाम हिमाल, सगर, चण्डी, सुर्य ग्याँसका उद्योग बनेपा भित्रै छन् । नालामा नयाँ उद्योग पनि छ ।

जिल्लाको हकमा प्रति उद्योग ८ हजार १ सय ५५ सिलिण्डर ग्याँस स्टक राखिएको छ । नेपालमा झण्डै २ लाख ग्याँस स्टक रहेको छ । एलपी ग्याँस उद्योग ब्यवसायी संघका अध्यक्ष कृष्णभक्त श्रेष्ठका अनुसार काभ्रेका उद्योगहरुमा झण्डै ३५ हजार सिलिण्डर ग्याँस स्टक रहेको छ । उपभोक्ताहरुका लागि असहज हुन नदिन उद्योगहरुले दैनीक रुपमा डिलरहरुलाई पालैपालो ग्याँस वितरण गरिरहेको उहाँले बताउनु भयो । डिलरवालाहरुले विक्रेताको घर घरमा ग्याँस पु¥याउने काम भईरहेको छ । ‘यतिबेला कसैले ग्याँस नपाएर समस्यामा परेको भए तत्काल प्रहरीलाई खवर गर्न अनुरोध गर्दर्छाै’–अध्यक्ष श्रेष्ठले भन्नुभयो–‘उद्योगले डिलर र डिलरले उपभोत्ताको घरमै पु¥याउने ब्यवस्था हुनेछ ।’ धेरै पैसा लिने, नयाँ सिलिण्डर विक्री गर्ने कुरा पुर्णत बन्द गरिएको छ । त्यस्तो पाईएमा खवर भएको अवस्थामा जुनसुकै बेला कारवाही हुने उहाँले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जिल्लामा ग्याँस लगायतका अन्य अत्यावश्यक सामाग्रीहरुको आपुर्ति सहज बनाउन निरन्तर उद्योगी ब्यवसायीहरुसँग समन्वय गरिरहेको बताउनु भयो । उद्योगी ब्यवसायीहरुले खाद्यान्न लगायतका सामाग्रीहरु स्टक रहेकाले उपभोक्ताहरुलाई नआत्तिन अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्