काभ्रेमा कोभिड १९ विरुद्ध छलफल गर्न ‘सर्वदलिय’ बैठक



मोतीराम तिमल्सिना, काभ्रे ।

कोभिड १९ अथार्त कोरोनाको संक्रमण फैलन नदिन जिल्लामा सर्वदलिय बोलाईएको छ । बैठकले कोरोना भाईरस विरुद्ध जिल्लाका सबै संयन्त्र सक्रिय हुँदै संक्रमण फैलन नदिन सबैखालका उपायहरु अपनाउन सरकारले गरेका निर्णयहरु कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
मंगलबार आयोजित बैठकमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख द्धव के.सी. को अध्यक्षता रहेको थियो ।

कोभिड–१९ विरुद्धको अभियानमा देशव्यापी रुपमा लकडाउनको विद्यमान अवस्थामा अन्तर निकायगत समन्वय गरी जिल्लामा आपुर्ति हुँदै आएको खाद्यान्न, ग्याँस लगायत अन्य दैनिक उपभोग्य सामग्रीको वितरण व्यवस्थालाई सहज बनाउन सरोकारवाला निकायसँगको बैठक आयोजना गरिएको समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले बताउनु भयो । बैठकमा मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईवा, बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिंह बादे, पाँचखाल नगरपालिका प्रमुख महेश खरेल, नमोबुद्ध नगरपलिकाका प्रमुख टंकप्रसाद शर्मा, धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्मा, तेमाल गाउँपालिका अध्यक्ष सलाम सिंह लामा, बेथान्चोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, खानीखोला अध्यक्ष कृष्णबहादुर खुलाल, रोशी अध्यक्ष दलबहादुर लामा, भुम्लु अध्यक्ष गुमानध्वजकुँवर, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा), काभ्रेकी अध्यक्ष रुकु चौलागाई, नेपाली कांग्रेसका जिल्ला सभापति मधु प्रसाद आचार्य, समाजवादी पार्टी, काभ्रेका अध्यक्ष शिशिर भण्डारी, राष्ट्रिय जनता पार्टी नेपाल, काभ्रेका अध्यक्ष सबर प्रजापति, विष्णु दल गण धुलिखेलका प्रमुख सेनानी सुबास खड्का, प्रहरी प्रमुख एसपी रविकुमार पौडेल, सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण हे.क्वा., काभ्रेका प्रमुख एसपी पुरुषोत्तम थापा, राष्ट्रिय अनुसन्धानजिल्लाकार्यालय, काभ्रेका प्रमुख सरोज निरौला, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झा, सहायक प्रजिअ लक्ष्मीकुमारी हुमागाई, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, काभ्रे उद्योग वाणिज्य संघ, काभ्रेका अध्यक्ष प्रकाश मानन्धर, धुलिखेल उद्योग बाणिज्य संघका अध्यक्ष मञ्जु कुमार कोजु, एलपी ग्याँस उद्योग ब्यवसायी संघका अध्यक्ष कृष्णभक्त श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

बैठकले १० बुँदे निर्णय गरी कार्यान्वयनका लागि स्थानीय सरकार लगायतका सरोकारवाला निकायहरुलाई पठाईएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिनु भयो । नेपाल सरकार, गृह मन्त्रालय (शान्ति सुरक्षातथाअपराध नियन्त्रण शाखा) को च.नं. ३४६३ मिति २०७६।१२।१७को पत्र वैठकमा जानकारी गराई वर्तमान परिस्थितिमा दैनिक उपभोग्य खाद्य बस्तुको आपूर्ति नियमित तथा सहज बनाउन सबै स्थानीय तहहरुले नेतृत्व लिने, उपभोग्य सामानको बिक्री वितरण गर्दा न्यूनतम १ मिटरको दुरी कायम गर्ने लगायतका अन्य मापदण्ड स्थानीय तहले नै तय गर्ने, यसरी सामग्री विक्री वितरण गर्दा प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा स्थानीय प्रहरी समेतको प्रतिनिधित्व हुने गरी समिति गठन गर्ने निर्णय भएको छ ।

त्यस्तै वडा स्तरीय समितिले रोजगारीको अभावमा गुजारा चलाउन नसक्ने व्यक्तिको लगत संकलन गर्ने, ४ जना सम्मको लागि र सो भन्दा बढी सदस्य भएका परिवारहरुका लागि अलग–अलग दैनिक उपभोग्य वस्तुको कम्बो प्याकेज बनाई सहयोग स्वरुप उपलब्ध गराउने, कुनै व्यक्ति/निकाय/संघ संस्थाले सहायतादिनचाहेमा सम्बन्धित स्थानीयतहमा सम्पर्क गरी तोकेका मापदण्ड अनुसारका सहयोग सामग्री स्वीकार गरी वडा समितिले वितरण गर्ने प्रबन्ध मिलाउने र सोको जानकारी जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउने, सबैपालिकाहरुले आफ्नो क्षेत्र भित्र कुनै व्यक्ति/संस्था/निकायबाट आफू खुशी दैनिक उपभोग्य सामग्री वितरण हुन नदिन आवश्यक व्यवस्था मिलाउने साथै वितरणमा दोहोरोपना हुन नदिने, सबै स्थानीय तहहरुले आ–आफ्नो क्षेत्र भित्र अनिवार्य रुपमा क्वारेन्टाइन बनाउने र आ–आफ्नो पालिका क्षेत्र भित्र विदेशबाट आएका नेपाली नागरिकको वडास्तर देखि नै अनिवार्य नाम (नामेशी दैनिक संकलन गरी लगत अद्यावधिकगर्ने र लगतमा राखिएका व्यक्तिको स्थानीय स्वास्थ्य संयोजकले दैनिक कम्तिमा २ पटक ज्वरो परिक्षण गरी सोको अभिलेख राख्ने र परिक्षण गरिएका व्यक्तिहरुको परिक्षणको नतिजा दैनिक जानकारी स्वास्थ्य कार्यालयमा पठाउने व्यवस्था मिलाउने तथा स्वास्थ्य कार्यालयले प्रत्येक स्थानिय तहबाट प्राप्त विवरणलाई प्रत्येक दिन जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन गर्ने निर्णय भएको छ ।

त्यस्तै कोभिड १९ नोबेल कोरोनाभाइरस संक्रमण, रोकथाम र नियन्त्रणका सन्दर्भमा नेपाल सरकार, प्रदेश सरकारबाट भएका निर्णयहरुको मर्म र भावना अनुरुप स्थानीय तहहरुले निर्णय गर्ने, यसरी राज्यका सबै निकायहरुले गरेको निर्णय तथा निर्देशनहरु कडाईका साथ कार्यान्वयन गर्ने, लकडाउनलाई थप प्रभावकारी बनाउन सबै निकायहरु प्रभावकारी ढंगले परिचालित हुने साथै काभ्रेपलाञ्चोक जिल्लाबासी आमनागरिकमा थप सचेतना अभिवृद्धि गर्ने र सामाजिक विकास मन्त्रालयको च.नं.२२४० मिति २०७६ चैत्र १७ को पत्रानुसार जिल्लामा कार्यरत छात्रवृत्ति/करार र एमडी/एमएस अध्ययनरत चिकित्सकहरुलाई कोभिड १९ संक्रमण, रोकथाममा आवश्यकतानुसार परिचालन गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्